चर्च बोइज शिर्ष स्थानमा उक्लियो

काठमाण्डौ । शहिद स्मारक बी डिभिजन लिगमा चर्च बोइज युानाइटेडले लगाातार दोश्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आइतबार बिहान सम्पन्न दिनको पहिलो खेलमा चर्च बोइजले खुमलटार युथ क्लबमाथि २–० गोल अन्ततरको सहज जित दर्ता गरेको हो ।

चर्च बोइजलाई जित दिलाउन आशिष चापागाइले दुबै गोल गरेका थिए ।

गोलरहित बराबरीमा पहिलो हाफ टुङ्गिएपछि चर्च बोइजले आफ्नो जितको दुबै गोल दोश्रो हाफमा गरेको थियो ।

खेलको ५४औ. मिनटमा आशिषको गोलमा चर्च बोइजले शुरुवाती अग्रता कायम गरेको थियो ।

यसपछि खेलको ७१औं मिनटमा आशिषले नै गोल गर्दैे चर्च बोइजको अग्रता दोब्बर बनाएका थिए ।

बाँकी रहेको समयमा दुबै क्लबबाट थप गोल हुन नसकेपछि खेलमा चर्च बाइजले स्पष्तट तीन अंक खातामा जोडेको थियो ।

आशिष खेलको म्यान अफ द म्याच घोषित भए ।

जितसँगै ६ अंक जोडेको चर्च ब्वाईज लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

हारको सामना गरेको खुमलटार ३ अंकका साथ चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :