गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता हुने

नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार बिर गणेशमान फाउन्डेशन र नेपाल सितोरियो कराते डो संघ,शाखा डोजो सतुङ्गल काठमाण्डौको सयुक्त आयोजनामा यही चैत्र १५ गते मंगलवार देखि गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सात वटै प्रदेश, तिन वटा बिभागिय टिम गरी १० टिम को सहभागीता रहने पनि जानकारी गराउन चाहन्छु । पुरुष तर्फ ५०,५५,६०,६७,७५,–८४ ,+८४,एकल काता र टिम काता गरि ९ ईभेन्टस र महिला तर्फ ४५,५०,५५,६१,–६७,+६८,एकल काता रटिम काता गरि ७ ईभेन्टस गरि कुल १६ ईभेन्टसमा १६ स्वर्ण पदक का निम्ति प्रतिस्पर्धा गराईनेछ ।

यस प्रतयोगिता ब्यवस्थित,मर्यादित,अनुशासित ,धाँधली रहित ,सभ्य र भव्य रुपमा सन्चालन गरि सम्पन्न गर्नका लागि मुल आयोजक समिति र उप–समितिहरु पनि गठन गरिएको छ । उक्त मुल आयोजक कमिटीमा कार्यकम संयोजक बद्रीनाथ श्रेष्ठको अध्यक्षतामा ५ सहस्यहरु धनविर महर्जन, पन्चकुमार महर्जन, प्रितम महर्जन, ओम कृष्ण कायस्थ र सुजना श्रेष्ठ रहेका छन् ।

बिभिन्न उप–समितिहरु पनि गठन गरिएको छ । उक्त उपसमितिहरुमा ,समारोह तथा प्रचार प्रसार समिति संयोजकमा गजेन्द्र बहादुर खपाङ्गी, खाना ब्यवस्थापन समिमति संयोजक धनविरमहर्जन,यातायात तथा बसोवास ब्यवस्थापन समिति संयोजक पन्च कुमार महर्जन, निर्णायक संयोजकमा राजेन्द्र कपाली,सुरक्षा तथा स्वयमसेवक ब्यवस्थापन संयोजक प्रितम महर्जन,स्वास्थ्य संयोजक ओम कृष्ण कायस्थ,सुचना तथा प्रबिधि संयोजक राजेन्द्र कुमार क्षेत्री रअनुशासन तथा एक्सन समिति संयोजक राम कुमार थारु लाई तोकिएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिव २२ लाख रुपैया खर्च हुने बताइएको छ । दुईदिने प्रतियोगिता काठमाण्डौ सतुङ्गल स्थित डि.वी पार्टी भेन्युमा सन्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :