सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै

थाइल्यान्डको बैंककमा हुने ३५ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।

बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ  गरे ।

पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, विजय महतो, विपिन थनेत र राजीव कलाखेती रहेका छन् । बाँकी एक पुरुष खेलाडी क्षितिजकुमार धामीले प्रशिक्षकको पनि भूमिका निर्वाह गर्ने छन् । महिलामा सुमित्रा डंगोल, उषा महर्जन, सोममाया थापा मगर, चन्द्रा चौधरी र इनु चौधरी छन् ।

टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा लोकमणि आत्रेय, अर्को प्रशिक्षकमा सीता सुवेदी, निर्णायकमा मेघराज तोलङ्की, अफिसियलमा ध्रुवबहादुर गुरुङ र आईटीओ÷अफिसियलमा नेसिर मास्के छन् ।

प्रतियोगिता साउन ८ देखि १५ गते (जुलाई २४–३१) सम्म हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :