नेपाली खेलकुदको विकासमा अहम भूमिका निभाएका उनी खेलाडी, प्रशिक्षक र पदाधिकारी हुँदा जति चर्चित थिए अहिले पनि त्यत्तिकै चर्चित छन् । नेपाली खेलकुदको विकासको कालखण्डलाई विगतदेखि वर्तमानसम्म निकै सूक्ष्म र नजिकवाट नियाल्दै आएका उनी अहिले पनि खेलकुदको विकासको लागि होस्टेमा हैंसे गर्दै आइरहेका छन् । खेलकुद हरेक गतिविधिलाई निकै सुक्ष्मरुपमा अध्ययन गर्ने उनी खेलकुद विकास ‘पोलीसी’ अन्तर्गत हुनुपर्ने र विधान, ऐेन, नियमावली र विनियम पोलीसीको अधिनमा रहनुपर्ने मान्यता राख्छन् । त्यस्तै वर्तमान अवस्थामा वैज्ञानिक तरिकाले खेलकुदको विकास नभए त्यो दीर्घजीवी हुन नसक्ने दावी गर्ने खेलकुदका विज्ञ पार्थसारथी सेन गुप्त (मीठु गुरु) संग मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले विगतदेखि वर्तमानसम्मका खेलकुदका समसामयिक विषयमा गरेको विशेष कुराकानी :–
० खेलकुद विकासका लागि हालसम्म देखा परेका समस्या के के हुन्, यसको समाधान के हुनसक्छ ?
– खेलकुदको समस्या केलाउँदा हरेक क्षेत्रमा कुनैमा कम कुनैमा बेसी छन् । मेरो आफ्नो अनुभवमा खेलकुद नीति नै छैन, भएको पनि कागजको खेस्रामा मात्रै सिमित छ । त्यसको कार्यान्वयन् पक्ष खै ? खेलकुद नीति बनाउने तर खेलकुद नीतिसंग रिलेटेड के के छन्, त्यो कुराको कसैले ध्यानै दिएको छैन । खेलकुदको विधान, ऐेन, नियमावली र विनियमहरु यो सवै पोलीसी अन्तर्गत हुनुपर्याे । पोलीसीमा तोकिएका, किटान गरिएका जुन् बुदाँहरु हुन्छ, त्यो अनुसार हुनपर्याे नी त । यहाँ त पोलीसी एकातिर, विधान एकातिर, ऐन एकातिर र नियमावली एकातिर भएको अवस्था छ । त्यसो भयो भने त अशंकित भयो नी, मिल्दै मिलेन नी । त्यसैले अहिले खेलकुदको विकासमा जतिपनि समस्या देखिरहेका छन् त्यो नीतिगत समस्या हो । यसको लागि खेलकुद ऐन प्रभावकारी बन्नुपथ्र्यो, त्यो बन्न सकेको छैन, चुरो कुरो यहि हो ।
० त्यसो भए सरकारले कस्तो नीति अवलम्बन गर्दा खेलकुदको रथ सहजरुपमा दौडिने देख्नु भएको छ त ?
– सर्वप्रथम नीति भनेको के हो ? त्यो बुझ्न आवश्यक छ । नीती भनेको त्यो गाडि हो जस्मा हामी खेलकर्मी, खेलाडी, प्रशिक्षक र पदाधिकारी सबै सवार गरेका हुन्छौं । एउटा गन्तब्य हुन्छ, यदि त्यो चलाउने व्यक्ति कुशल भयो भने हामी गन्तव्यमा पुग्छौं, अन्यथा यताउती ठोक्किन सक्छ या दुर्घटना पनि हुनसक्छ । त्यसैले हामीले स्पोर्ट्स पोलीसीको वारेमा बारम्बार कुरा उठाइरहेका छौं, तर सरकारले स्पोर्ट्सको वारेमा बुझेकै छैन । स्पोर्ट्स पोलीसी प्राथमिकताका साथ नेशनल पोलीसीमा पर्नुपर्ने भएता पनि अहिलेसम्म त्यसतर्फ सरकारको ध्यान गएको छैन । सरकारले जसरी नेशनल पोलीसीमा शिक्षा, स्वास्थ्य र खानेपानीलाई राखेको छ, त्यसरी नै स्पोर्ट्स पोलीसीलाई राख्नुपर्छ । त्यसपछि मात्रै खेलकुदले विकासको गति लिन सक्छ ।
० खेलकुदको प्रभावकारिताको वारेमा खेलकुदका पदाधिकारीहरुले राज्यलाई बुझाउन नसकेका हुन कि अथवा सरकारले नै नचाहेर खेलकुदको यस्तो दुरावस्था भएको हो, तपाईलाई कस्तो लाग्छ ?
– होइन, यो बुझाउन नसकेर पनि हो । किनभने जस्ले नीति बनाउनु पर्ने हो त्यसले बनाउन सकेको छैन । हाम्रो यहाँ खेलकुदका सर्वोच्च निकायमा खेलकुद मन्त्रालय र त्यस अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् छ, त्यसैले यसको जिम्मेवारी यी दुवै निकायले लिनुपर्छ । बुझाउनु पर्छ खेलकुद नीति के हो भनेर । पोलीसीलाई मध्यनजर राखेर पो विधान, ऐन, नियम, विनियम बनाउनु पर्याे नी त्यो खै त ? यहाँ त पोलीसी कार्यान्वयनतिर मात्रै छ, कार्यान्वयन भएको छैन ।
० त्यसो भए पोलीसी फेलियर हुनुमा खेलकुद मन्त्रालय र राखेपमध्ये कसलाई जिम्मेवार ठान्नुहुन्छ ?
– यो फेलियर हुनुको जिम्मेवारी हामी सवैले लिनु पर्छ, किनकी हामी पनि खेलकर्मी हौ नी, यहाँ हाम्रो पनि कमजोरी छ । हुनसक्छ हामीले पनि उनीहरुलाई फोर्स गर्न सकेनौं कि ? कहिले काहिँ व्यक्तिगत स्वार्थका कारणले पनि त्यसमा असर परेको हुनसक्छ । तर मुख्य भूमिका चाहिँ मन्त्रालयको हुने भएकोले मन्त्रालयलाई राखेपले बुझाउन सक्नुपर्छ । त्यसैले राखेपभित्र एउटा यस्तो एक्सपर्ट समिति बनाउनु पर्याे जसले खेलकुदका अन्तरकुन्तरका सवै कुरा बुझेको होस् ।
० खेलकुदमा यस्तो गैरजिम्मेवारी मौलाउनु कतै राजनीतिक नियुक्ति प्रमुख कारकतत्व त होइन, तपाईलाई कस्तो लाग्छ ?
– मलाई कस्तो लाग्छ भने खेलकुदमा राजनीतिक नियुक्ति विगतदेखि अहिलेसम्म भइ राखेकै हो । तर अहिले खेलकुद ऐनका कारण त्यस्तो सहज छैन । सदस्यसचिव हुनपनि कम्पिटिसनको ढोका पार गर्नुपर्ने अवस्था छ । त्यस्तै मेरो आफ्नो भनाई के छ भने बोर्डको पनि एउटा खुल्ला प्रतिस्पर्धा हुनुपर्छ । किनकि राखेपको नौ जनाको बोर्डमा पनि विभिन्न क्राइटेरियाको मान्छेले प्रवेश गर्न पाउने व्यवस्था गर्नुपर्छ । त्यसपछि नौ जनाको वोर्ड गठन भएपछि इन्टरनेशनल टे«न्ड् अनुसार अगाडि बढ्नु पर्छ । सदस्यसचिवको वान्टेड यसको सकारात्मक पक्ष हो, त्यसैले यसलाई परिमार्जित गर्दै लानुपर्छ ।
० खेलकुदमा हुने राजनीतिक नियुक्तिलाई तपाई कसरी विश्लेषण गर्नु हुन्छ, यो राजनीतिक हस्तेक्षप हो कि होइन ?
– हेर्नुस, राजनीति र खेलकुदलाई हामी कहिल्यै छुट्याउन सक्दैनौं । ओलम्पिक चार्टरमा पनि उल्लेख छ, ‘नो डिस्क्रिमेनेशन’ । देश चलाउने नै राजनीति हो, खेलकुद क्षेत्र पनि देशको एउटा अङ्ग हो । त्यसैले खेलकुदमा पनि राजनीति त हुनु पर्छ, तर पोलिटिकल स्क्स्प्लोइटेशन हुन भएन, विकासको लागि राजनीति हुनुपर्याे ।
० राजनीतिकै कारणले नेपाली खेलकुद उधोगतितर्फ उन्मूख भएको भनिन्छ, यसमा कत्तिको सत्यता छ ?
– विगतमा राजनीतिक पहुँच भएका व्यक्तिहरु खेलकुदमा आएका छन् यो सत्य हो । तसर्थ मेरो चाहना के हो भने खेलकुदमा गैरखेलाडी भन्दा पनि खेलकुदमा संलग्न भएका योग्य व्यक्तिहरुलाई समावेश गर्नु पर्छ, उनीहरुलाई नजरअन्दाज गर्नु हुँदैन । यसो भन्दाभन्दै पनि केहि न केहि हदसम्म खेलकुदमा राजनीति विकृति छ । यो सवैले महसुस गरेकै कुरा हो । मैले पञ्चायतदेखि प्रजातन्त्र र गणतन्त्रसम्म खेलकुदमा काम गर्ने अवसर पाएको छु, केवल खेलकुदको विकासको लागि । कुनै पार्टी विशेषको लागि होइन । खेलकुद सवैको साझा हो, सवैले यसको विकासका लागि सामुहिकरुपमा लाग्नुपर्छ । राज्यको खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित पार्ने कार्य गर्नुपर्छ ।
० वर्तमान अवस्थामा नेपाली खेलकुदमा खेलाडी, प्रशिक्षक, कर्मचारी र पदाधिकारीहरुले एउटा एउटा राजनीतिक दलको हाँगा समातेको अवस्था छ, खेलकुदको यस्तो अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
– देशकाल परिस्थिति अनुसार मैले सवैसंग काम गर्ने अवसर पाएको छु, तर मलाई कसैले दवाव दिन सकेन । त्यो त त्यो व्यक्ति र खुबीमा भरपर्ने कुरा हो । खेलकुदमा यस्ता केहि व्यक्ति होलान्, नहोलान् भन्न सकिदैन तर राजनीतिक आस्था भएपनि खेलकुदमा राजनीति गर्छन् जस्तो मलाई लाग्दैन । खेलकुदमा यस्ता कुराहरुलाई पूर्णरुपमा बन्देज लगाउन राजनीतिक दलका नेताहरुले विशेष पहल गर्नुपर्ने मेरो बिश्लेषण छ ।

० तपाई, एउटा खेलाडी, प्रशिक्षक, पदाधिकारी र विज्ञको नाताले खेलाडीहरुको करिअरको विकासको लागि राज्य कति संवेदनशिल भएर लाग्नुपर्छ लाग्छ ?
– खेलकुद भन्ने वित्तिकै केन्द्रविन्दुमा खेलाडी र प्रशिक्षक पर्दछन् । मेरो अनुभवमा समेत खेलाडी हुँदासम्म त्यसको मान सम्मान सवैै हुन्छ । त्यो पनि अहिले आएर केहि विकास भएको छ । हाम्रो पालामा अर्थात २५–३० वर्षअघि केहि थिएन । घरको खाना खाएर खेल्नुपथ्र्यो, आफै लगानी गरेर खेलकुदका सामाग्री खरिद गर्नुपथ्र्यो, खेल्न आउ आउँ भनेर कन्भिन्स् गर्नुपथ्र्यो, किनकि खेलकुदप्रति कुनै आकर्षण नै थिएन । एउटा खेलाडीले विभिन्न खेल खेल्थ्यो । प्रशासनले पनि खेलाडीहरुको करिअरको वारेमा खासै रुचि राख्दैनथ्यो ।
तर अहिले मैले के महसुुस गरेको छु भने यदि खेलकुदको विकास गर्ने हो भने खेलाडीहरुको करिअरको पनि विकास गर्नुपर्छ । खेलाडीहरुलाई खेलाएर, प्रशिक्षण गराएर, डाइट दिएर र पुरस्कार दिएर मात्रै हुँदैन । खेलाडीले शुरुमा खेलकुदमा इन्ट्री गर्छ, त्यसपछि प्रशिक्षण गर्छ, प्रशिक्षणपछि रिजल्ट दिन्छ, रिजल्टपछि रिटायरमेन्टमा जान्छ । यो अवधिमा कसैले दस, कसैले पन्ध्र र कसैले विस वर्षसम्म पनि खेल्छ । तर यो अवधि खेलाडीहरुको लागि उपलब्धि मुलुक हुनुपर्याे नी, खालि खेलाएर मात्रै त भएन नी । त्यसैले उनीहरुको करिअर कसरी विकास गर्ने त्यो बारेमा सोच्नुपर्छ ।
० त्यसो भए खेलाडीहरुको रिटायरमेन्टपछि खेलाडीहरुको भविष्य सुरक्षित गर्न के गर्नुपर्छ जस्तो लाग्छ तपाईलाई ?
– मेरो आफ्नो विचारमा के छ भने खेलाडी भएर आईसकेपछि प्रतिभाशाली खेलाडीलाई एउटा लेबल तोकेर त्यतिबेला देखि नै उसको करिअर डिभ्लप्मेन्टको लागि शिक्षा दिनुपर्छ । जस्को जस्तो चाहना छ त्यसलाई त्यसैको शिक्षा दिनुपर्छ । मेरो धारणा के छ भने खेलाडीहरुलाई व्यवसायिक शिक्षा दिन सके राम्रो हुन्छ । किनकी खेलाडी जीवनपश्चात पनि उसले केहि गर्नसक्छ ।
० तपाइर्ले खेलाडीहरुको लागि व्यवसायिक शिक्षाको त कुरा गर्नु भो, तर यसको व्यवस्था कसले गरिदिने त ?
– निकै राम्रो प्रश्न गर्नु भो, खुशी लाग्यो । यसमा दुइटा कुरा छ, इभेन्ट्स र ट्रेनिङ्ग । जसको ‘की’ एजेन्सी को हो त ? यसको जिम्मेवारी कस्ले लिने त्यसको राज्यले आइडेन्टिफाई गर्नुपर्याे । ‘की’ एजेन्सी भन्नुको अर्थ कस्ले के गर्ने ? व्यवसायिक शिक्षा कस्ले दिने त, त्यो शिक्षा मन्त्रालयले गर्नुपर्याे । त्यस्तै टे«निङ्ग राखेप र ओलम्पिक कमिटी, प्रदेश खेलकुदले गर्नुपर्याे । यहाँ त जस्ले जे पायो त्यहि गरिरहेको अवस्था छ । तर सरकारले नै यो कुराको पोलीसी बनाएर सञ्चालन गर्नुपर्छ । यो कुराले राज्यले गर्न सक्छ । मैले यो कुरा चाहेर पनि बोल्न सकेको थिएन तर आज बोल्दैछु । खेलाडी छन भने खेलकुद छ, खेलकुद छ भने परिषद्क छ, परिषद छ भने मन्त्रालय छ । त्यसैले खेलाडीहरुको लागि हामीले केहि नगर्ने त ?
० विगत दुई वर्षदेखि खेलकुदमा खेलकुद विकास ऐन, २०७७ लागु भएको छ । ऐन कार्यान्वयन हुन नसक्दा खेलकुदको स्थिति लथालिङ्ग छ, आखिर खेलकुद ऐन कार्यान्वयन हुन नसक्नुको कारण के होला, आखिर यस्तो हुनुमा तपाई कस्लाई दोषी ठान्नुहुन्छ ?
– सर्वप्रथम ऐन बनाउँदाखेरी निकै दुरदर्शि, गहन अध्ययन र घनिभूत छलफल गरेर बनाउनु पर्ने हो । खेलकुदको नयाँ ऐन त्यसरी बनाएको देखिदैन, निकै कमिकमजोरी छन् । हेर्नुहोस् न, ऐनका थुप्रै दफामा अन्योलता देखिएको छ । कहिँ राष्ट्रिय संघ क्लबमा परिणत हुन्छ तर ऐनमा त्यस्तो व्यवस्था गरिएको रहेछ । त्यसैले ऐन र नियमावली बनाउँदा विशेषरुपमा ध्यान दिनुपर्छ । अहिले मुलुक संघिय ढाँचामा समेत गइसकेकोले प्रदेशसंग छलफल गर्नुपथ्र्यो । खासगरि राखेपको विवाद र खिचातानीले पनि यस्तो भएको हो कि जस्तो पनि मलाई लाग्छ ।
० खेलकुदमा खेलाडीहरुलाई मनोविज्ञानको कति आवश्यकता पर्छ, यसले खेलाडीहरुको प्रदर्शनमा सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पार्छ, तपाई खेलकुद विज्ञको नाताले के भन्नुहुन्छ ?
– हामीले दुवै पक्षलाई हेर्नुपर्छ । कुनैपनि अर्थात अमृत र विष खाँदा पनि त्यसका दुई पाटा हुन्छन् । विष कहिले काहिँ हाम्रो लागि औषधि पनि हुन्छ तर त्यहि विषले ज्यान पनि लिन सक्छ । त्यसैले खेलकुदमा मनोविज्ञान एकदमै आवश्यक छ । किनकी सर्वप्रथम मनोविज्ञानले खेलाडीहरुको व्यवहार र स्वभाव दर्शाउँछ । त्यसैले खेलाडीहरुलाई मोटिभेसन र स्ट्रेस म्यानजमेन्ट दिनुपर्छ । यी दुई कुरा वाहेक खेलाडीहरुका लागि कन्सलटेसन् पनि ज्यादै महत्वपूर्ण हुन्छ । खेलाडीहरु दुई कुरावाट मोटिभेसन हुन्छन्, एउटा इन्टरनल अर्को एक्स्टर्नल । यो सवै कुरा साइन्सको जियोलोजीसंग जोडिएको छ । कुनै खेलाडीमा मोटिभेसन वा स्ट्रेस आयो भने शरिरभित्र हार्मोन पलाउँछ, त्यो हार्मोनले उसलाई विगार्ने काम गर्छ । यदि त्यो नेगेटिभ मोटिभेसन हो भने । यो कुरामा २५ वर्षको खेल जीवनमा मेरो प्रयाक्टिकल्ली एक्स्पीरीयन्स् छ । त्यसैले खेलाडीहरुमा शुरुदेखि अन्तिमसम्म मनोविज्ञानले असर पारिरहेको हुन्छ । यसकारण खेलाडीहरुलाई शुभारम्भदेखि नै मनोविज्ञानको प्रशिक्षण आवश्यक पर्दछ ।
० भौतिक पूर्वाधार वैज्ञानिक हुनुपर्ने कुरालाई विज्ञानले पनि प्रमाणित गरिसकेको छ, के नेपालका खेलकुदका पूर्वाधारहरु वैज्ञानिक छन् त ?
– महत्वपूर्ण कुरा के छ भने नेपालमा जति पनि भौतिक पूर्वाधारहरु बनाईएको छ, मलाई तिनीहरुको स्ट्रक्चर मन परेको छैन । किनकी मैले धेरै देश घुमिसके, धेरै एसियन र ओलम्पिक खेल आयोजना भएका पूर्वाधार देखेको छु, ति वैज्ञानिकरुपमै उत्कृष्ट छन् । तर नेपालका पूर्वाधारको चर्चा गर्दा प्राविधिक व्यक्तिको सरसल्लाह नलिइकन बनाएको जस्तो मलाई महसुस भएको छ । पूर्वाधार त बन्यो, काउण्टमा त छ, तर त्यसको अवस्था हेर्दाखेरी जुन रेञ्ज ,स्ट्याण्डर्ड र मापडण्डमा हुनुपर्ने हो त्यो भएको छैन । यसको अर्थ आधुनिक र वैज्ञानिक तरिकाले निर्माण भएको छैन । मैले माने, इन्जिनियरले बनाउने हो, तर कस्तो इन्जिनियर त्यो चुरो कुरो हो । यसर्थमा स्पोर्टसमा स्पोर्ट्सकै इन्जिनियर हुन्छ । खालि बनाइ दिएर मात्रै हुँदैन, स्पोर्ट्स सम्वन्धि हरेक कुरालाई ख्याल गरेर बनाउनु पर्छ । जुन अहिलेको वैज्ञानिक युगमा नितान्त आवश्यक छन् ।
० २०४४ सालको खेलकुद र अहिलेको खेलकुदलाई कसरी तुलना गर्नुहुन्छ, तपाईलाई नेपाली खेलकुदको २१ औं शताब्दीको चित्र कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
– अव हेर्नुहोस, स्पोर्ट्स जहिले पनि गतिशिल हुन्छ, यो स्थिर हुँदैन सधै डाइनामीक नै हुन्छ । मैले त्यसैवेला काम गर्ने अवसर पाएकोले त्यतिबेला र अहिलेको खेलकुदको तुलना गर्दा धेरै कुरामा फरक भैसकेको छ । भौतिक पूर्वाधार देखि मानव साधन स्रोतमा समेत उल्लेख्य वृद्धि भएको छ । त्यतिबेलाको कन्सेप्ट के थियो, १४ अञ्चलमा खेलकुदका केहि न केहि पूर्वाधार बन्नुपर्छ भन्ने थियो, बने पनि । वीरगञ्जको नारायणी रङ्गशाला देखि काठमाण्डौंको दशरथ रङ्गशाला त्यसैबेला बनेका हुन् । खेलाडीहरुको कुरा गर्दा त्यतिबेला क्वान्टिटी कम थियो क्वालिटी चाहिँ बेस्ट थियो । सुविधाको कुरा गर्दा पनि त्यतिबेला उत्कृष्ट खेलाडीलाई विभिन्न संस्थानहरुमा जागिर दिने प्रचलन पनि थियो । साथै त्यसवेला खेलकुदमा बजेटको कुनै कमि थिएन । भिजन थियो तर म्यानपावर भने ज्यादै कम थियो । अहिले खेलाडीदेखि पूर्वाधार र खेलाडीहरुको सुविधामा समेत निकै राम्रो भएको छ । तर ‘स्पोर्ट्स फर अल’ भन्ने कुरामा अहिलेसम्म पनि विकास हुन सकेको छैन । खालि सरकारको बजेट मुख ताक्ने काम मात्रै भएको छ । समयनुसार कुनै पनि पाइलट प्रोजेक्ट बनाएर खेलकुदको समग्र विकासका लागि लागेको मैले देखेको छैन । अहिले खेलकुदलाई निकै सामान्य रुपमा हेरिएको छ । खेलकुद मेरो हो, राष्ट्रको हो, भन्ने राष्ट्रियताको अनुभूति नै गराउन सकेको छैन ।

० वर्तमान अवस्थामा खेलकुदलाई ‘विज्ञान’ पनि भन्ने गरिन्छ, यसको विशेष कारण के होला ?
– हेर्नुहोस, मैले विगतमा धेरै अन्तर्वार्ता दिइसके, तपाईले मलाई यस्तो प्रश्न सोध्नु भयो जुन म भन्न पनि उत्सुक थिए । खेलकुदको हरेक क्षेत्र विज्ञानमा आधारित छ । पहिलेको सोच र अहिलेकोमा व्यापक परिवर्तन भैसकेको छ । कुनै समय यस्तो थियो, मान्छेहरु मुढेबलले खेल्थे तर अहिले सबै चेञ्ज भैसकेको छ । कुनै समय यस्तो थियो, कुस्ति माटोमा खेलिन्थ्यो, भलिबल सिमेन्टमा खेलिन्थ्यो तर खै त अहिले ? यो सवै विज्ञानले चेञ्ज गरेको हो । अहिले खेलको कुरा छोडौं, पूर्वाधार सम्वन्धिमा समेत विज्ञान छ । पूर्वाधार सम्वन्धमा कुन इक्विप्मेन्ट् कस्तो हुनुपर्छ भन्ने एउटा वायोमेकानिक सब्जेक्ट छ , जुन वायो फिजिक्स् सब्जेक्ट अन्तर्गत पर्छ । पूर्वाधार कस्तो हुनुपर्छ त्यसले रिफर गर्छ । मानव शरिर पनि एथलिट हो, हाड, छाला, रगत र मासपेशीले बनेपनि यसलाई पनि डाइट खानुपर्छ, किन खाने त्यो पनि विज्ञान हो । के खाने, के नखाने ? के खाएपछि छिटो इनर्जी आउँछ के खादा ढिलो इनर्जी आउँछ, के खाए भने रिकभर हुन्छ, के खाए भने रिकभर हुदैन ।
त्यस्तै टे«निङ्गको पनि एउटा पिरियड हुन्छ नी त, कम्पिटिसन अघि के गर्ने, कम्पिटिसनको बेलामा के गर्ने र कम्पिटिसन पछाडि के गर्ने ? यो म सवै कमन कन्सेप्टमा भनिरहेको छु, किनकी यी सवै कुरामा वैज्ञानिक कारण छ । त्यस्तै प्रकारले मेथोडीक्स् टे«निङ्ग लगायत सोसीयोलोजी र एन्थ्रोपोलोजी यी सवै खेलकुदका विज्ञान हुन् । शरिर सम्वन्धि, इक्विप्मेन्ट् सम्वन्धि, शरिर सम्वन्धि, मेन्टल हेल्थ सम्वन्धि र इन्फ्रास्ट्रक्चर सम्वन्धि यी सवै साइन्सभित्र पर्छन् । अहिलेको खेलकुदको युग भनेको विज्ञानको युग हो । त्यसैले यदि हामीले वैज्ञानिक आधार लिन सकेनौं भने धेरै लामो समयसम्म जान सक्दैनौं ।
० निकट भविष्यमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुँदैछ, पहिलो देखि नवौंसम्म आईपुग्दा राष्ट्रिय खेलले आफ्नो औचित्य पुरा गरेको जस्तो लाग्छ कि लाग्दैन ?
– हेर्नुस, पहिलो कुरा त राष्ट्रिय गेमको भिजन हुनुपर्याे, त्यसपछि मिसन हुनुपुर्याे र त्यसपछि भ्यालोशन हुनुपर्याे । मैले राष्ट्रिय खेलकुदलाई एउटा समारोहको रुपमा हेरेको छु । यसमा सामाजिक मान्यतादेखि लिएर धेरै पक्ष छन् । सर्वप्रथम कुनैपनि प्रतियोगिता गर्दा त्यसको उद्देश्य के हो ? त्यो प्रस्ट हुनुपर्छ । उमेर समुहदेखिको ट्यालेन्टको त्यहाँ लेखाजोखा हुनुपर्छ । मैले विगत देखि के देखेको छु भने यो राष्ट्रिय खेलकुदवाट फलानो खेल छनौट हुन्छ । तर ‘राष्ट्रिय खेल’ खेलको छनौट गर्ने प्ल्याट्फर्म मात्रै होइन, किनकी यहाँ करोडौं रुपैयाँ खर्च भैरहेको छ । त्यसमा हामीले रिसर्च गर्नु पर्याे नी, रिसर्च खै त ? सत्यरुपमा बोल्नुपर्दा पहिलो राष्ट्रियदेखि अहिलेसम्म मैले रिसर्च भएको पाएको छैन ।
० राष्ट्रिय खेलकुदलाई उमेर समुहको प्रतियोगिताको साँचोमा ढालेर सञ्चालन गर्दा उपलब्धि मुलक बन्थ्यो कि, यसमा तपाईको के धारणा छ ?
– एकदमै गहन प्रश्न गर्नु भएकोमा धन्यवाद । कुनै पनि खेलाडीको खेल खेल्ने अवधि हुन्छ । त्यो उसको बाइलोजिकल र कम्पीटीसन एज (उमेर) हुन्छ, त्यो भन्दा बढी हुँदैन । अहिले हेर्नुस्, खेल अनुसार २० बर्षभित्र ओलम्पिक च्याम्पियन भइसक्छन् । त्यसैले नवौं राष्ट्रियमा एज बार राख्नुपथ्र्यो, किनभने यसले लगानीलाई वेस्टेज् हुन दिदैनथ्यो । एजको कुरा ‘स्पोर्टस फर अल’ है, सवैलाई अपरच्युनिटी दिनुपर्छ । अव भविष्यमा राष्ट्रिय गेमको आयोजना गर्दा युथ नेशनल गेम्स्, किड्स नेशनल गेम्स्, सिनियर नेशनल गेम्स् र मास्टर्स नेशनल गेम्सको अवधारणा बनाएर जानुपर्छ ।
० तपाई नेपाली खेलकुदमा विज्ञको रुपमा पनि परिचित हुनुहुन्छ, अव कस्तो रणनीति अवलम्वन गर्दा खेलेकुदले फड्को मार्ने देख्नुहुन्छ ?
– नेपाली खेलकुदले फड्को मार्ने कुरामा सर्वप्रथम सवै सिरियस हुनुपर्याे, ओपनली जानु भएन । हाम्रो उद्देश्य भनेको राम्रो रिजल्ट् ल्याउने हो । एकातिर राम्रो रिजल्ट ल्याउने अर्कोतर्फ अन्तर्राष्ट्रिय सम्वन्ध पनि बढाउने । इन्टिग्रेटेड गर्ने उद्देश्य हो, त्यसैले यो सवै पूर्णरुपमा साइन्टिफिक बेशमा जानुपर्छ । साथै म एउटा विज्ञको नाताले ‘स्पोर्टस फर अल’ मा केन्द्रित रहनु पर्छ । किनकी ‘स्पोर्टस इज फाउण्डेशन अफ हेल्थ’ भएकोले सवैको लागि बाटो खोल्नुपर्छ । यसर्थमा कि राष्ट्रियता सवै भन्दा ठूलो कुरा हो, जस्ले पनि राज्यको मान सम्मान र प्रतिष्ठाको लागि योगदान दिन सक्छ ।