गाँजा सेवनका कारण ह्विल चेयरमा बस्न बाध्य टाइसन

अमेरिका पूर्व स्टार बक्सर माइक टाइसन पछिल्लो समय ह्विलचेयरमा देखिएका छन् । ५६ बर्षिय टाईसनको यस्तो दुरावस्था अधिक मात्रामा गाँजा सेवन गर्नाका कारणले भएको हो ।

टाइसन प्रत्येक महिना ५१ लाख बराबरको गाँजा सेवन गर्दै आएका छन् । टाइसन ४२० एकड खेतमा गाँजा खेती गर्दै आएका छन् । जसका लागि उनले कानुनी मान्यता समेत पाएका छन् । टाइसनले गाँजा खेती सदर्न क्यालिफोर्नियामा गर्दै आएका छन् ।

टाइसनको जीवन गाँजा सेवनका कारण अहिले खतरामा परेको छ । उनको स्वास्थ्य दिनप्रति दिन बिग्रदै गएको छ ।

गाँजाले आफ्नो जीवनमा समस्या उत्पन्न भएपछि हालै टाइसनले आफ्नो जीवनलाई अन्तिम अवस्थामा पु¥याएको बताएका थिए ।

गाँजाकै कारण अहिले टाइसन ह्वीलचेयरमा बस्न बाध्य भएका छन् । टाइसनको यस्तो दुर्दशा देखेर अहिले उनका फ्यानहरु निकै निरास बनेका छन् ।

हालै टाइसन मियामी इन्टरनेशनल एयरपोर्टमा ह्वील चेयरमा देखा परेका थिए । त्यतिबेला उनको हातमा एउटा लठ्ठी थियो, जस्को सहारामा टाइसन हिड्ने कोशिस गरिरहेका थिए ।

टाइसनले प्राफेश्नल बक्सरको रुपमा ५८ वटा खेलमा भिडन्त गर्दा ५० वटामा विजय हासिल गरेका थिए । उनले ४४ वटा खेलमा प्रतिद्वन्दी खेलाडीलाई नकआउट गरेका थिए । टाइसनको विवाद संग पनि त्यत्तिकै नाता रहेको छ । टाइसन बचपन देखि नै झगडाकु स्वभावका थिए ।

टाइसन १९८७ मा सवैभन्दा कम २० बर्षको उमेरमा हेवीवैट च्याम्पियन बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :