पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय खो खो छनौट प्रतियोगितामा पुरुष तर्फ नवलपुर प्रथम भएको छ ।
पोखरा रंगशालामा आज भएको फाइनल खेलमा नवलपुरले घरेलु टोली कास्कीलाई झिनो ३ अंकको अन्तरले पछि पार्दै प्रथम भएको हो । प्रतियोगितामा नवलपुरले १८ अंक ल्याउदा कास्कीले भने १५ अंक प्राप्त गर्यो ।
प्रतियोगितामा ४ जिल्लाको सहभागिता रहेको प्रशिक्षक बिशाल गुरुङले बताए । नवलपुर प्रतियोगितामा प्रथम भए पनि विभिन्न जिल्लाका गरी १४ जना खेलाडीहरु छनौट गरिएको छ ।
छनौट हुने खेलाडीहरुमा नवलपुरबाट सागर परियार,मौसम महतो, सुमिर श्रेष्ठ, शंकर रिजाल, सुनिल थापा मगर,सुरेन्द्र महतो रहेका छन भने गोर्खाबाट देब बहादुर गुरुङ रराचेशनी राना रहेका छन्। त्यसै गरी कास्कीबाट बिबस परियार,रोबिन अधिकारी, शिवस टडाल, जोयल तामाङ रहेका छन । बैकल्पिक खेलाडीमा गोर्खाबाट स्वस्तिक बस्नेत र नरेश धामी रहेका छन्। टिम व्यबस्थापकमा भने सुरज पोखरेल रहेका छन्।
त्यसै गरी महिला तर्फ भने कास्की र नवलपुर बिचको खेल बराबरीमा टुंगिएको छ । निर्धारित समय ९/९ मिनेटको खेलमा दुबै तर्फ १५/१५ स्कोरले खेल बराबरीमा पुगे पछि २/२ मिनेटको खेल अतिरिक्त समयमा पनि दुबै तर्फ ३/३ स्कोर भएसंगै खेल बराबरीमा टुंगिएको हो ।
महिला तर्फ भने प्रतियोगितामा ३ जिल्लाबाट खेलाडीहरु सहभागि भएको प्रशिक्षक बिशालजंग कुंवरले बताए । साथै प्रदेशको तर्फबाट छनौट भएका खेलाडीहरुमा कास्कीबाट ६ जना, र नवलपुरबाट ६ जना छनौट भएको म्यानेजर सुरज पोखरेलले बताए ।
छनौट हुने खेलाडीहरुमा कास्कीका सृष्टि पौडेल, सुजना कुंवर, भिमसरा रोका, ममता अधिकारी,सजिता सुनार र अञ्जली भुजेल रहेकी छन्। त्यसै गरी नवलपुरकी महिमा बस्नेत, चित्रकुमारी सापकोटा, प्रियङका महतो, असरा गुरौं, पुनम महतो र रस्मिता श्रेष्ठ रहेकी छन्। बैकल्पिक खेलाडीमा कास्कीबाट वियसा सुनार र नवलपुरकी सलिना सेढाई रहेकी छन्।




