कप्तान प्रशान्त लिम्बुले रातो कार्ड खाएपछि नेपाल १० खेलाडीमा सिमित

काठमाण्डौं । साफ अण्डर १७ च्याम्पियनसिपको फाईनल खेलमा नेपाल दश खेलाडीमा सिमित बनेको छ ।

श्रीलंकाको राजधानी कोलोम्बोस्थित रेसकोर्स ग्राउण्डमा जारी साफ अण्डर १७ च्याम्पियनसिपको फाईनल खेलको पहिलो हाफ कप्तान प्रशान्त लक्सम लिम्बुले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेपाल दश खेलाडीमा खुम्चिएको हो ।

साफ अण्डर १७ च्याम्पियनसिपको फाईनल खेलको पहिलो हाफमा नेपालमाथि भारतले अग्रता कायम गरेको छ ।

श्रीलंकाको राजधानी कोलोम्बोस्थित रेसकोर्स ग्राउण्डमा जारी साफ अण्डर १७ च्याम्पियनसिपको फाईनल खेलको पहिलो हाफको समाप्तिमा नेपाल भारतसँग २–० गोल अन्तरले पछि परेको हो ।

खेलको ३९औं मिनटमा भारतका बबीमाथि फाउल गरेको आरोपमा नेपालका कप्तान प्रशान्त लक्सन लिम्बु रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

यसअघि भारतले नेपालमाथि २–० को अग्रता बनाईसकेको थियो । भारतको लागि पहिलो हाफमा बबी सिंह र कोरोउ सिंह थिङ्ग्जामले एक एक गोल गरे ।

खेलको ११औं मिनटमा बबीले गोल गर्दै भारतलाई शुरुवाती अग्रता दिलाएका थिए । यसपछि खेलको ३०औं मिनटमा कोरोउले गोल गर्दै भारतको अग्रता दोब्बर बनाएका थिए ।

समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :