आईसीसी पुरुष टी२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा गरिएको छ ।
न्युजिल्याण्ड क्रिकेट बोर्डले टी२० विश्वकपका लागि केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोलिको घोषणा गरेको हो ।
विलियम्सनले तेश्रोपटक टी २० विश्वकपमा न्युजिल्याण्डको नेतृत्वको जिम्मेवारी पाएका छन् ।
यसबाहेक मार्टिन गुप्टिलले कीर्तिमानी सातौं पटक विश्वकप खेल्नेछन् । विलियम्सन र गुप्टिलबाहेक टोलीमा धेरै महत्वपूर्ण परिवर्तन भएका छन् । सेन्ट्रल कन्ट्रयाक्ट अस्वीकार गरेका फास्ट बलर ट्रेन्ट बोल्ट र जिमी निशमलाई पनि टोलीमा समावेश गरिएको छ ।
बोर्डले काइल जेमिसन, टोड एस्टल र टिम सेफर्टको स्थानमा लोकी फर्गुसन, माइकल ब्रेसवेल र फिन एलेनलाई टोलिमा समावेश गरेको छ । फिन एलन सेन्ट्रल कन्ट्रयाक्टप्राप्त गर्ने सबैभन्दा नयाँ खेलाडीहरू मध्ये एक हुन् ।
विश्वकपका लागि छनौट भएका खेलाडीको सूचीः
केन विलियम्सन (कप्तान), टिम साउथी, इश सोधी, मिचेल स्यान्टनर, ग्लेन फिलिप्स, जिमी नीशम, डेरिल मिचेल, एडम मिल्ने, मार्टिन गुप्टिल, लोकी फर्गुसन, डेभोन कोनवे, मार्क च्याप्म्यान, माइकल ब्रेसवेल, ट्रेन्ट बोल्ट र फिन एलन ।