‘सी’ डिभिजन लिग छनौटमा मुसुरियाको विजयी शुरुवात

काठमाडौं । शहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटमा मुसुरिया फुटबल एकेडेमीले विजयी शुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा आज (बिहीबार) बाट शुरु भएको यस वर्षको ‘सी’ डिभिजन लिग छनौटमा मुसुरियाले विजयी शुरुवात गरेको हो।

‘सी’ डिभिजन छनौटको पहिलो खेलमा मुसुरियाले प्रगति युथ क्लबलाई ४-० गोलले पराजित गरेको हो ।

यसजितसँगै समूह ‘ए’ को मुसुरियाले छनौटको आफ्नो पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

यता समूह ‘ए’ कै प्रगति क्लबले भने हारबाट ‘सी’ छनौटको शुरुवात गरेको छ ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ्ग, महासचिव किरण राई लगायत एन्फाका अन्य पदाधिकारीहरुको उपस्थितमा ‘सी’ डिभिजन लिग छनौटको उद्घाटन गरिएको थियो ।

यस्तै दिउँसो ३:३० बजे शुरु हुने आजको दोश्रो तथा अन्तिम खेलमा समूह ‘बी’ को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एन्फाले यस वर्षको सी डिभिजन लिग छनौटमा सहभागि हुने ६० क्लबलाई २० समूहमा विभाजन गरेको छ । जसअन्तर्गत प्रत्येक समूहमा ३ क्लब परेका छन्।

कार्तिक २४ गतेसम्म संचालन हुने छनौट प्रतियोगितामा हरेक समूहको विजेता क्लब नकआउट चरणमा प्रवेश गर्ने छन् ।

नकआउट चरणलाई पनि २ समूहमा विभाजन गरिएको छ ।

नकआउट चरणपछि दुई समूहका विजेता क्लब ‘सी’ डिभिजन लिगमा छनौट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :