काठमडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुतारीले हटाएका सबै खेलाडीलाई समेट्दै घरेलु मैदानमा हुने बंगलादेबिरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।
ललितपुरको सातदोबाटास्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनकाबिच टोलीका कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईंले यसअघि बाहरीएका सबै खेलाडीलाई समेट्दै नेपाली टोलीको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमार्फत प्रशिक्षक हुमागाईंले बनद प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्सीय अन्तिम टोली घोषणा गरेका हुन् ।
नेपालले यहि असोज ११ गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशबिरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टोली भोलि (शुक्रबार) नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।
नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण खेलका लागि एन्फाले भिआईपी प्यारापिटतर्फ एक हजार र सामान्य प्यारापिटतर्फ पाँच सयको दरले टिकट शुल्क यसअघि नै तोकिसकेको छ ।
नेपालले फिफा म्याच डेको दिन बंगलादेशसँग एउटा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबिचको खेल साँझ ५ः३० बजेबाट शुरु हुनेछ ।

२३ सदस्यीय नेपाली टोली:
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ
फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट, आशिष चौधरी