अमेरिकन चर्चित बक्सिङ्ग खेलाडी इसियाह जोन्सको पारिवारिक विवादका कारण ज्यान गएको छ । मिसिगनमा बस्ने जोन्सलाई उनकै भाईले सामान्य पारिवारिक विवादमा गोली प्रहार गरेपछि उनको ज्यान गएको हो ।
२८ बर्षिय उदीयमान अमेरिकी बक्सिङ्ग खेलाडी जोन्सको उनकै भाईको गोली प्रहारबाट निधन भएपछि अहिले विश्वभरिका बक्सिङ्ग खेलाडीहरु शोकमा डुबेका छन् ।
गोली चलेपछि घटनास्थलमा पुगेको प्रहरीको टोलीले अनुसन्धान गर्दा चर्चित बक्सिङ्ग खेलाडी इसियाह जोन्स भएको पत्ता लागेको थियो । यसपछि तुरुन्तै पुलिसले केस दर्ता गरेको थियो ।
एक उदीयमान बक्सिङ्ग खेलाडीको गोली प्रहारगरि हत्या गरिएपछि अहिले विश्व बक्सिङ्गमा अपुरणीय क्षति भएको छ । जोन्सको लामो करियर थियो, तर उनले २८ बर्षमै ज्यान गुमाउनु पर्यो। यो निकै दुःखद घटना हो ।
जोन्सले सन् २०१६ मा नेशनल गोल्डन ग्लोब्सको उपाधि जितेका थिए । यसपछि उनले आठवटा प्रोफेशनल बक्सिङ खेलमा लगातार जित हासिल गरेर सनसनी फैलाएका थिए । यतिबेला उनी आफ्नो खेल जीवनको उचाईमा थिए ।
तर पछिल्लो समय पारिवारिक विवादले गर्दा जोन्सको खेलमा समेत प्रभाव पर्दै आएको थियो । त्यसपछि उनी थुप्रै खेलमा पराजित पनि भएका थिए । जोन्सले आफ्नो खेल जुलाईमा एन्ड्रयू मर्फीसंग भिडेका थिए ।