फेन्सिङ्ग महिलातर्फको इपीमा आर्मीकी इन्दिरालाई स्वर्ण पदक

काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुल प्रतियोगिता अन्तर्गत फेन्सिङ्गको महिला एकलतर्फ नेपाल आर्मीकी इन्दिरा पौडेलले स्वर्ण पदक जितेकी छिन् ।

इन्दिराले सोमबार भएको फाईनलमा महिला एकलको इपी ईभन्ट्समा आर्मीकै सिता पाठकलाई हराउँदै स्वर्ण पदक हात पारिन् ।

यस इभेन्ट्मा सिताले रजत तथा आर्मीकै पुजन कुमाल र एपीएफकी जानुका स्याङ्गतनले कास्य पदक जितेका छन् ।

यस इभेन्टमा २४ जना फेन्सरहरुले प्रतिस्पर्धा गरेका थिए ।

आज फेन्सिङ्ग अन्तर्गत तीनवटा स्वर्ण पदकका खेलहरु सक्किएको छ ।

यो पनि पढ्नुहोस्ःनवौं राष्ट्रिय खेलकुद : फेन्सिङ्गकी शिक्षाले दिलाईन् बागमतीलाई पहिलो स्वर्ण

यो पनि पढ्नुहोस्ःफेन्सिङ्गका जलेन्द्रले दिलाए सूदूरपश्चिमलाई पहिलो स्वर्ण

फोटोः एनएसजेएफ गण्डकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :