पुरुष ह्याण्डबलमा बागमतीको पहिलो जित

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले जित दर्ता गरेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो ।

बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे। पहिलो खेलमा विभागीय आर्मीसँग ८–४३ ले हार व्यहोरेको बागमतीले यो जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ ।

लगातार दोस्रो खेल हारेको मधेश भने अंकविहीन छ । मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :