ह्यान्डबलमा गण्डकी र आर्मी फाइनलमा

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनलमा स्थान बनाएको छ । गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।

अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनायो । एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे ।

फाइनल गण्डकी र आर्मीबीच शनिबार दिउँसो ४ बजे हुनेछ । त्यसअघि, एपीएफ र लुम्बिनीबीच विहान ८ बजे तेस्रो स्थानका लागि खेल हुनेछ ।

महिला आर्मी र एपीएफ फाइनलमा पुगे । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले प्रदेश–१ माथि २९–६ को सहज जित दर्ता ग¥यो । एपीएफकी उमा राईले सर्वाधिक ७ गोल गरिन् ।

आर्मीले घरेलु टोली गण्डकीलाई २४–९ ले हरायो । आर्मीकी कल्पना ओलीले सर्वाधिक ७ गोल गरिन् ।

आर्मी र सशस्त्रबीच शनिबार दिउँसो २ बजे फाइनल खेल हुनेछ । त्यसअघि, गण्डकी र प्रदेश–१ बीच तेस्रो स्थानका लागि विहान १० बजे खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :