पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको सभाहलमा भएको आइतबार भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र नेपाल आर्मीले समान दुइ स्वर्ण जितेका छन् ।
पहिलो दिन ५ स्वर्ण पदककालागि भएको प्रतियोगितामा १ स्वर्ण नेपाल पुलिस क्लबले हात पारेको छ । ५५ केजी तौल तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशका विवेक हमालले स्वर्ण जिते । बागमती प्रदेशका
दिनेश गोसाइले रजत र आर्मीका रमेश फोम्बोले कास्य पदक पाए ।
६० केजी तौलमा नेपाल प्रहरीका डेभिड बलामीले स्वर्ण जिते । एपिएफका किशन दिवाकरले रजत जित्दा लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पाए ।
६५ केजी तौल समूहमा गण्डकीका अश्मिन गुरुङ्गले आफ्नो टिमका लागि दोश्रो स्वर्ण जिते । लुम्बिनीका नवराज डुम्रेले रजत प्राप्त गरे । यस्तै सुदूरपश्चिमका सुनिल चन्दले कास्य पदक हात पारे ।
७० केजी तौलमा आर्मीका प्रज्वलमान शाक्यले स्वर्ण हात पार्दा मधेस प्रदेशका किरण यादव र लुम्बिनीका विजेन्द्रमान श्रेष्ठले क्रमश ः रजत र कास्य जिते ।
७५ केजी तौलमा नरेश मालाकार प्रथम हुँदै स्वर्ण हात पार्न सफल भए । मधेस प्रदेशका सनी आज्माले रजत र बागमतीका योगेश राज शाहीले कास्य पदक प्राप्त गर्न सफल भए ।