हाइपजम्पमा सलिमको राष्ट्रिय किर्तिमानसहितको स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष लङ्गजम्पमा नेपाल एपीएफ क्लबका सलिम देवानले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भएका छन् ।

पोखरा रंगशालास्थित एथलेटिक्स् ट्रयाकमा मंगलबार भएको पुुरुष लङ्गजम्पको फाईनलमा सलिमले ७.०६ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।

सलिमले कृष्ण बहादुर गिरिको नाममा रहेको ७ मिटरको कीर्तिमान भंग गरेका हुन् ।

गिरिले १९९९ मा पाकिस्तानको इस्लामावादमा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

आर्मीका डिल्ली खत्रीले ६.९८ मिटर जम्प गर्दै रजत पदक जितेका छन् ।

यस्तै ६.८२ मिटर जम्प गर्दै गण्डकीका नारायण चौधरीले कास्य पदक हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :