पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डीमा डिफेन्डिङ्ग च्याम्पियन नेपाल आर्मीले दोहोरो स्वर्ण जितेको छ ।
बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ आर्मीले लुम्बिनी प्रदेशलाई ४१–२० अंक र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ अंक्ले दोहोरो स्वर्ण जितेको हो । ।
पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लवले उपविजेत बन्दै रजत पदकमा चित्त बुझाएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल कास्य पदक विजेता बने ।
आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समुहको स्वर्ण विजेता हो ।
यही असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि १०– १० टिमको सहभागिता रहेको थियो ।
