पोखरा । जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा सहभागि भएको सबै ईभेन्ट्मा प्रतिथस्पर्धा गर्दै पाँचवटा स्वर्ण पदक आफ्नो नाममा गरेकी छिन् ।
त्रिभुवन आर्मीकी जयरानीले एथलेटिक्स् तर्फ पाँचवटा इभेन्टमा सहभागि भएर सबै पाँचवटामा स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
उनले टिम इभेन्ट्समा २ र सिंगलमा ३ स्वर्ण जितेकी हुन् ।
४ सय मिटर महिला हर्डल्स्, १ सय मिटर महिला हर्डल्स्, महिला लङ्ग जम्पतर्फ सिंगल र ४ सय मिटर रिले दौड र १६ सय मिटर रिले दौडमा जयरानी सहितको टिम विजयी भयो ।
४ सय मिटर हर्डल्स्, १ सय मिटर हडल्स् र लङ्ग जम्पमा जयरानीले नयाँ राष्ट्रिय कीर्तिमान समेत कायम गरिन् ।