एन्फाले मंसिरभित्र ‘ए’ डिभिजन क्लबलाई दिन बाँकी एक करोडभन्दा बढी रकम तिरिसक्ने

लक्ष्मी शाक्य

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ डिभिजन क्लबहरुलाई तिर्न बाँकी रहेको एक करोडभन्दा बढी बक्यौता रकम फर्छयौट गर्ने तयारी गरेको छ ।

एन्फाले गत वर्ष शहिद स्मारक ‘ए’ डिभिजन लिगक तयारी स्वरुप दिन बाँकी रहेको तेश्रो किस्ताको रकम मंसिर महिनाभित्र फर्छयौट गर्ने गरी तयारी थालेको छ । एन्फा स्रोतले मेरोखेल डटकमलाई क्लबहरुसँग लिगको दौरान भएको खर्चको बिल पेश गर्न आग्रह गरिसकेको जनाएको छ ।

एन्फाले तेश्रो किस्ता अन्तर्गत सहभागि सबै १४ वटा ‘ए’ डिभिजन लिग क्लबलाई दिनुपर्ने कुल रकम एक करोड पाँच लाख रुपैयाँ बाँकी रहेको छ । जसअन्तर्गत प्रत्येको क्लबको भाग अन्तर्गत तेश्रो किस्तामा ७ लाख ५० हजार रुपैयाँ जनही पर्न जान्छ ।

एन्फाले दिने तेश्रो किस्तामा पाउन बाँकी सबैभन्दा बढी मनाङ्ग मस्र्याङ्गदी क्लबको रहेको छ । मनाङ्गे बाँकी रहेको ७ लाख ५० हजार मध्ये बिमाको १९ हजार पाँच सय र कार्ड (रातो पहेलो) पाए बापत कट्टा हुने रकम गरी तेश्रो किस्तमा ७ लाख २० हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै सबैभन्दा कम पाउनेमा न्युरोड टीम (एनआरटी) रहेको छ । उसले बिमा र कार्ड बापत कट्टा गरी ६ लाख ८१ हजार पाँच सय रुपैयाँ पाउने एन्फा स्रोतले मेरोखेल डटकमलाई जानकारी दिएको छ ।

एन्फाले दिने रककम क्लबको बिमा रकम र कार्ड बापत कट्टा गरी क्लबहरुलाई दिनुपर्ने रकम भने ९७ लाख ३१ हजार रुपैयाँ रहेको छ । फ्रेण्ड्स क्लबले सबैभन्दा बढी कार्ड खाए बापत १४ हजार पेनल्टी तिर्नुपर्ने छ भने हिमालयन शेर्पा यो सूचीमा सबैभन्दा कम ७ हजार पेनल्टी रकम तिर्नेमा परेको छ ।

१४ वटा क्लबहरुले एन्फालाई कार्ड बापत पेनल्टी स्वरुप कुल एक लाख ४३ हजार पाँच सय तिर्न बाँकी रहेको छ । उक्त रकम र बिमाको कुल ६ लाख २५ हजार गरी एन्फाले एक करोड पाँच लाखमा ७ लाख ६९ हजार रकम कट्टा गर्नेछ ।

एन्फाले गत वर्ष ‘ए’ डिभिजन क्लबहरुलाई लिगको तयारी स्वरुप २२ लाख ५० हजार दिने निर्णय गरेको थियो । जसअन्तर्गत यसअघि दुई किस्ता गरी १५ लाख रुपैयाँ भुक्तानी भइसकेको एन्फा स्रोतले जानकारी दिएको छ ।

यस वर्षको लिग पुष २६ गतेबाट शुरु हुनेछ ।

एन्फाबाट कुन क्लबले बिमा र कार्ड बापत कट्टा पछि पाउन बाँकी रकम:
मनाङ्ग मस्र्याङ्गदी क्लब–७,२०,५००
त्रिभुवन आर्मी फुटबल क्लब–६,९५,५००
ब्रिगेड बोइज क्लब–६,८९,५००
जावलाखेल युथ क्लब–६,८२,५००
एपीएफ फुटबल क्लब–७,०९,५००
फ्रेण्ड्स क्लब कुपण्डोल–६,८२,०००
संकटा क्लब–७,२०,०००
हिमालयन शेर्पा क्लब–६,९३,५००
थ्री स्टार क्लब–६,८९,५००
सातदोबाटो युथ क्लब–६,९०,०००
मच्छिन्द्र क्लब–७,०३,०००
न्युरोड टीम (एनआरटी)–६,८३,०००
नेपाल पुलिस क्लब–६,८१,५००
च्यासल युथ क्लब–६,९१,०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :