उमा कुङफु टोली भारत प्रस्थान

काठमाडौं । इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको छ ।

नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र ४ महिला खेलाडीले उमा कुङफु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्ने छन् । पुरुष ५०–५५ केजीमा आर्यन रावल र राजन तामाङ रहेका छन् । महिला ५०–५५ केजीमा साइना महर्जन, २५–३० केजीमा सिम्रिका कुँवर, ३०–३५ केजीमा दर्शना तामाङ र ४५–५० केजीमा प्रशंसा लामा छन् ।

प्रशिक्षकमा तार्केश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक एवं नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जन रहेका छन् ।

टोलीलाई तार्केश्वर नगरपालिका वडा २ का अध्यक्ष राधाकृष्ण खड्गी, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने, खेलप्रेमीद्वय इन्द्रमान महर्जन र शिव कुँवरलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा अध्यक्ष खड्गीले वडाले खेलकुदका पूर्वाधार निर्माण गर्न सार्वजनिक जग्गाको खोजी गरिरहेको बताउदै खेलाडीलाई सफलताका लागि शुभकामना दिए ।

तार्केश्वर उमा कुङफु स्कुलका सहायक प्रशिक्षक एवं उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता सञ्जयराज पुटुवारले खेलाडीले यहि प्रतियोगितका लागि करिब २ महिनादेखि अभ्यास गरिरहेकाले सहभागी सबै खेलाडीले स्वर्ण जित्नेमा आफू विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :