नेपाल भलिबल संघले विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमको तालिकासहित आक्रमक रणनितिको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
संघले बुधबार विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९–८० मा आयोजना र सहभागिता जनाउने गी विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुको तालिकासहित रणनितिक कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको तालिका अनुसार संघले १० वटा राष्ट्रियस्तरको भलिबलको प्रतियोगिता आयोजना गर्ने र विभिन्न अन्तराष्ट्रिय र मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने गरी सातवटा प्रतियोगिताको तालिका बाहिर ल्याएको हो ।
यस वर्ष देखि चौधरी ग्रुपको नेपाल स्पोर्टस् एण्ड इभेन्ट् म्यानेज्मेन्ट प्रा.लिले भलिबलको नेपाल सुपर लिग (एनएसएल भलिबल) पनि आयोजना गर्ने संघले जनाइसकेको छ । संघले जारी गरेको विज्ञप्ति अनुसार पहिलो संस्करणको एनएसल भलिबल फागुन महिनामा आयोजना हुने गरी आयोजकसँग सम्पूर्ण वार्ता भएर टुङ्गो लागिसकेको छ ।
एनएसएल भलिबल महिला र पुरुष दुबै विधामा फ्रेन्चाइज मोडलमा हुनेछ । सार्वजनिक गरिएको सबै प्रतियोगिताहरुको लागि संघले अहिले नै ईच्छुक प्रसारण कम्पनीहरुलाई बोलकबोलमा सहभागि हुन ईच्छापत्र समेत माँग गरेको छ । तर संघले एनएसएल भलिबलको प्रसारण अधिकार भने आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट् म्यानेज्मेन्ट प्रा.लिसँग रहेको जनाएको छ ।
यसपटक संघले सिनियर महिला तथा पुरुषसँगै विभिन्न उमेर समूहको टोलि निर्माणमा समेत विशेष कार्यक्रम तर्जुमा गरेको देखिएको छ भने अन्तराष्ट्रिय प्रतियोगितामा सहभागितामात्र नभई नेपालमै ठूलो प्रतियोगिताको आयोजना गर्न तयारी रहेको संघको कार्यक्रमले झल्काएको छ ।
जितेन्द्रबहादुर चन्दको अध्यक्षतमा भदौं २३ गते संघको नयाँ कार्यसमिति गठन भएको थियो र सोही कार्यसमिति अहिले भलिबलको स्वर्ण काल निर्माण गर्ने गरी अघि बढ्ने चन्दले निर्वाचन ताका नै चुनावी घोषणामा समेत उल्लेख गरेका थिए ।
संघले सार्वजनिक गरेको २०७९–८० को वार्षिक कार्यक्रमको तालिकाः
