काठमाडौं-२ मा मध्यपुर चेस क्लबकी कार्यसमिति सदस्य सोविता निर्वाचित

काठमाडौं । मध्यपुर चेस क्लबकी कार्यसमिति सदस्य सोविता गौतम काठमाडौं क्षेत्र नम्बर-२ मा निर्वाचित भएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता आज (बुधबार) विहान सकिएको मत गणनामा १५ हजार २२९ मतसहित निर्वाचित भएकी हुन् ।

गौतमले आफ्ना प्रतिद्वन्द्वी एमालेका मणिराम फुयाललाई ३ हजार ६७४ ले पछि पार्दै निर्वाचित भएकी हुन् ।

फुयालले ११ हजार ५५५ मत प्राप्त गर्दा राप्रपाकी कुन्तीकुमारी पोखरेलले ११ हजार १४ मत प्राप्त गरेकी छिन् ।

यस्तै सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी ओनसरी घर्ती मगरले ९ हजार ४४९ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :