एपीएफको लगातार दोश्रो जित

काठमाडौं । पहिलो संस्करणको सगरमाथा कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले लगातार दोश्रो जित हासिल गरेको छ ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा आज (बिहीबार) भएको पहिलो खेलमा एपीएफले प्रदेश १ लाई ८ विकेटले पराजित गरेको हो । यसअघि बुधबार भएको पहिलो खेलमा एपीएफले अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो ।

मैदान ओसिलो भएका कारण खेल १३ ओभरमा झारेर खेलाइएको थियो । प्रदेश १ ले दिएको ९८ रनको लक्ष्य एपीएफले ११.५ ओभरमा २ विकेट गुमाउँदै १०० रन बनाएर पुरा गर्यो ।

एपीएफको जितमा प्रदीप ऐरिले सर्वाधिक ३३ रन जोड्दा आयुषमान बमले २८ रन जोडे । यस्तै लोकेश बम २० तथा सन्दीप जोरा १४ रनमा अविजित रहे ।

प्रदेश १ का लागि सर्वन यादवले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ दे निर्धारित १३ ओभरमा ९ विकेट गुमाएर ९७ रनको योगफल तयार पारेको गियो ।

प्रदेश १ का लागि अंकित सुवेदीले २४, कप्तान सिद्धान्त लोहनीले १७, शुभाङ्कर उरावले १६ र निरज मुखियाले १५ रन जोडे । एपीएफका किशोर महतो र भुवन कार्कीले समान ३-३ विकेट लिदा विपिन खत्री र अमर रौतेलाले १-१ विकेट हात पारे ।

लगातार दोश्रो जितसँगै ४ अंक जोडेको एपीएफ शिर्ष स्थानमा उक्लिएको छ । २ खेलबाट २ अंक जोडेका प्रदेश १ भने २ अंकका साथ दोश्रो स्थानमा रहेको छ । प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :