काठमाडौं । वाई वाई अण्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी शुरुवात गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई २१ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
प्रदेश १ ले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको गण्डकी ४८.३ ओभरमा अलआउट हुदै मात्र १ सय ६२ रनमा समेटिन पुग्यो ।
गण्डकीका लागि करण पंगेनीले ४८, दीपक ड्रुम्रेले २५, अर्जुन कुमालले २२ रन जोड्दा कप्तान सुवास भण्डारीले १८ रनको योगदान दिए ।
प्रदेश १ का लागि अस्विन महतो र कप्तान दिपेश कडेंलले समान ३(३ विकेट लिए लिदा विपिन महतो र सोनु अन्सारीले समान २र२ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४९.४ ओभरमा अलआउट हुदै १ सय ८३ रनको कुल योगफल तयार पारेको थियो ।
प्रदेश १ का लागि ओपनर सोनु मण्डलले ६४ रनको अर्धशतकीय ईनिङ खेले ।
कप्तान दिपेश कडेंलले ३६ रन जोड्दा फैजल रहमानले २६ रन जोडे ।
गण्डकी प्रदेशका लागि शिसिर भुषालले ४ तथा निर्तिश गिरीले ३ विकेट हात पार्दा कप्तान सुवास भण्डारीको नाममा २ विकेट रह्यो ।
मंसिर १९ गतेसम्म संचालन हुने प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको छ ।
जसमा प्रदेश १, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहने छन् ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले १५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले समान १०-१० हजार प्राप्त गर्नेछन् ।