फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एच’ अन्तर्गत उरुग्वे र दक्षिण कोरियाबिचको पहिलो हाफको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
कतारको एडुकेशन सिटी स्टेडियममा बिहिबार जारी खेलमा उरुग्वे र दक्षिण कोरियाबिचको खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा उरुग्वे र दक्षिण कोरियाल दुबैले एक एक वटा गोलको मौकाहरु सिर्जना गरेका थिए ।
कोरियाका लागि खेलको ३४औं मिनटमा उइ जोको प्रहार पोष्टमाथिाट बाहिरियो भने उरुग्वेका गोडीनको हेडर पोष्टमा लागेर फर्किएको थियो ।
दुबै टोलि आजको खेलमा जित निकाल्दै सुखद शुरुवात गर्न चाहन्छ ।