प्रतिस्पर्धात्क खेलमा उरुग्वे र दक्षिण कोरियाले अंक बाँडे

फिफा विश्वकपमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन् ।

कतारको एडुकेशन सिटी स्टेडियममा बिहिबार भएको समूह ‘एच’ को खेलमा उरुग्वे र दक्षिणm कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा उरुग्वे र दक्षिण कोरियाल दुबैले एक एक वटा गोलको मौकाहरु सिर्जना गरेका थिए ।

कोरियाका लागि खेलको ३४औं मिनटमा उइ जोको प्रहार पोष्टमाथिाट बाहिरियो भने उरुग्वेका गोडीनको हेडर पोष्टमा लागेर फर्किएको थियो ।

तर दोश्रो हाफको खेलमा उरुग्वेले खेल सुधार्दै पकड जमाएको थियो । खेलको अन्तिम मिनटमा फेडेरीको भालभर्डेले गरेको सुन्दर प्रहार पोष्टमा ठोक्किन पुगेको थियो ।

यता खेल अन्तिम समयतर्फ उन्मुख हुँदा कोरियाले खेलमा रफ्तार बढाउँदै उरुग्वेमाथि दबाब सिर्जना गर्न सफल भएको थियो । अन्तिम मिनटमा सन् ह्युङ्ग मिनले गोलको प्रयास गरेपनि पोष्टभन्दा परबाट बाहिरिन पुगेको थियो ।

बराबरीसँगै दुबै टोलिले एक एक अंक बाँड्दै चित्त बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :