कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणमा पोर्चुगलले घानालाई हराउँदै विजयी शुरुवात गरेको छ । खेलमा पोर्चुगलका कप्तान समेत रहेको क्रिष्टियानो रोनाल्डोले जाओओ फेलीक्स् र ओटाभीयोसँगै फरवार्ड लाईनमा शुरुवात गरेका थिए । खेलअघि राष्ट्रिय गान सुन्ने र गाउने क्रममा रोनाल्डो भावुक बन्दै आखाँ समेत रातो र आशुले रसाएको स्पष्ट देखिएको थियो ।
रोनाल्डोको यो सम्भावित अन्तिम विश्वकप हुनेछ भन्ने स्पष्ट उनको भावुकतामा स्पष्ट झल्किएको थियो । उनले हालै बेलायती चर्चित पत्रकार पियर्स मोगर्नसँग दिएको भिडिओ अन्तरवार्तामा पनि सम्भवत यो आफ्नो पाँचौं र अन्तिम विश्वकप सहभागिता हुने बताएका थिए । सोही अन्तरवार्तामा उनले पोर्चुगलले विश्वकपको उपाधि जितेमा आफू खेल जिवनबाट तुरुन्तै सन्यास लिने समेत जिकिर गरेका थिए ।
घाना विरुद्धको पहिलो खेल शुरु हुनुभन्दा पहिले उनको रसाएको आखाँले यो विश्वकप उनको निम्ति ब्यक्रिगत रुपमा कति महत्वपूर्ण छ भन्ने संकेत गरिरहेको थियो । सायद त्यसैले पोर्चुगलको राष्ट्रिय गान स्टेडियम ९४७ मा घन्किदाँ रोनाल्डो भावुक हुनुका साथै आखाँमा आशु लिएर गाइरहेको थिए ।
इङ्गलिश क्लब म्यान्चेस्रट युनाइटेडसँग सम्झौता रद्द गरेपछि यतिबेला रोनाल्डो क्लबविहिन छन् । तर रोनाल्डोले पछिल्लो समय क्लब फुटबलभन्दा पनि पोर्चुगलको राष्ट्रिय टोलि र विश्वकप उपाधि उनको निम्ति महत्वपूण्र्ढा रहेको स्पष्ट पारिसकेका छन् ।
घानाविरुद्धको रोमाञ्चक खेलमा ३–२ गोल अन्तरको जित निकाल्दा रोनाल्डोले पेनल्टीमार्फत किर्तिमानी गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता समेत दिलाएका थिए ।
यो पनि पढ्नुहोस्ःरोनाल्डो बने पाँचवटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी