स्कटल्याण्डबिरुद्ध नेपाल पहिले ब्याटिङ्गमा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक श्रृंखलाको दोश्रो खेलमा नेपालले स्कटल्याण्डबिरुद्ध पहिले ब्याटिङ्ग गर्ने भएको छ ।

नामिबिया भ्रमणमा रहेको नेपालले आज (आईतबार) दोश्रो खेलमा स्कटल्याण्डको सामना गर्न लागेको हो ।

नामिबियास्थित युनाईटेड क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर फिल्डिङ्ग रोजेसँगै नेपालले पहिले ब्याटिङ्ग गर्ने भएको हो ।

हुने यो खेल नेपाली समयानुसार दिउँसो १:४५ बाट शुरु हुनेछ।

श्रृंखला अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपालले दोश्रो इनिङ शुरु हुनुअघि भारी वर्षा भएपछि घरेलु टोली नामिबियासँग बराबरी खेल्दै अंक बाँढेको थियो ।

यता आफ्नो दोश्रो खेल खेल्न लागेको स्कटल्याण्डले पहिलो खेलमा नामिबियालाई हराएको थियो ।

सात राष्ट्रको सहभागिता रहेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा २१ खेल पश्चात नेपाल १८ अंकसहित छैठौं स्थानमा यथावत छ भने २८ खेलमा ३३ अंक जोडेको नामिबिया पनि चौथो स्थानमा यथावत छ ।

जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल र नामिबियासँगै स्कट्ल्यणडको सहभागिता छ । स्कट्ल्याण्ड २९ खेलमा ३२ अंक जोडेर दोश्रो स्थानमा छ ।

स्कटल्याण्डबिरुद्ध नेपालको शुरुवाती ११

रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), अर्जुन साउद, ज्ञानेन्द्र मल्ल,दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल भुर्तेल,करण केसी,ललित नारायण राजवंशी,गुल्सन झा र सागर ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :