मनीताले टोकियो ग्रान्ड स्लाममा फिलिपिन्सकी डेल्गाडोलाई हराइन्

टोकियो ग्रान्ड स्लाम जुडो च्याम्पियनसिपमा नेपालकी मनीता श्रेष्ठ प्रधानले फिलिपिन्सकी डेल्गाडोलाई पराजित गरेकी छन् ।

शनिबार भएको प्रतियोगिताको महिला ५७ केजीमुनि पहिलो चरणमा मनीताले जित हात पारेकी हुन् ।

दोश्रो चरणमा मनीता पोल्यान्डकी खेलाडीसंग चुकिन् । प्रतियोगितामा ५९ राष्ट्रको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

मनीता हाल पेरिस ओलम्पिक र १९ औं एसियाली खेलकुदको तयारीका लागि टोकियामा रहेको अध्यक्ष वज्राचार्यले जानकारी गराए । मनीताले पेरिस ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट छात्रवृत्ति पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :