विश्व स्विमिङ्ग च्याम्पियनसिपमा नेपालका चार खेलाडीको सहभागिता

१६ औं फिना विश्व स्विमिङ्ग च्याम्पियनसिपमा नेपालका चारजना पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अष्ट्रेलीयाको मेलबर्नमा आयोजना हुने च्याम्पियनसिपमा नेपालकोतर्फबाट २ महिला र २ पुरुष गरी चार खेलाडीको सहभागिता रहनेछ ।

नेपालका अनुसिया तण्डुकार, इर्भिया श्रेष्ठ, रोशन न्यौपाने र विशाल कुमालले प्रतिस्पर्धा गर्ने छन् ।

डिसेम्बर १३ देखि २८ सम्म विश्व च्याम्पियनसिपमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा शंकर कार्की र टिम म्यानेजरमा जगतमान श्रेष्ठ रहेका छन् ।

नेपाली टोलीलाई शुक्रबार नेपाल पौडी संघले बिदाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :