तेक्वान्दो खेलाडी र प्रशिक्षकद्वारा राखेप परिसरमा विरोध प्रदर्शन

काडमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पुष ५ गते नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ नेपालको दर्ता खारेज गरेको विरोधमा नेपाल तेक्वान्दो संघका खेलाडी तथा प्रशिक्षकहरुले विरोध र्याली निकालेका छन् ।

ती खेलाडी तथा प्रशिक्षकहरुले नेपाल तेक्वान्दो संघ खारेजीको विरोध गर्दै पुष १२ गते मंगलबार राखेप घेराउ गरेका हुन् ।

राखेपले दुवै तेक्वान्दो संघलाई खारेज गरेपछि खारेजीमा परेको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले पुनरावेदन अदालत पाटनमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए।

पुनरावेदन अदालत पाटनले हिजो पुष ११ गते सोमबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।

यसअघि खेलकुद विकास ऐन २०७७ अनुसार समान अस्तित्वमा रहेका दुईवटा संघ राखेपमा दर्ता हुन नमिल्ने भन्दै राखेपले दुवै तेक्वान्दो संघको दर्ता खारेज गरेको थियो ।

दुवै संघको दर्ता खारेजपछि राखेपले प्रदीप जोशी (टेकराज)को अध्यक्षतामा नेपाल तेक्वान्दो महासंघको गठन गरेर तेक्वान्दो खेलको जिम्मेवारी सुम्पिेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :