लुम्बिनीद्वारा जनकपुरलाई १७९ रनको लक्ष्य

काठमाडौं । नेपाल टी २० लिग क्रिकेटमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्सबिरुद्धको खेलमा १७९ रनको लक्ष्य प्रस्तरत गरेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको छ ।

लुम्बिनीका लागि हरमित सिंह ७३ रनको अर्धशतकीय इनिङ्ग खेल्दा लाहिरु मिलन्थाले ३३ रन जोड्दा ह्यारी टेक्टोर १७ रनमा अविजित रहे ।

कप्तान दिपेन्द्र सिंह ऐरीले १४ रन जोड्दा अनिल शाह १० रनमा अविजित रहे ।

बलिङ्गमा जनकपुरका लागि शराफुद्दीन अशरफले ३ विकेट हात पार्दा ललित राजवंशी, शमिउल्लाह शिनवारी र जितेन्द्र मुखियाले समान १-१ विकेट लिए ।

यसअघि नै प्लेअफमा पुगिसकेको लुम्बिनी आज सातौं जितको लागि प्रतिस्पर्धा गरिरहेको छ ।

७ खेलबाट १२ अंक जोडेर शिर्ष स्थानमा रहेको लुम्बिनी यसअघि नै पहिलो टोलीको रुपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

यता ७ खेलबाट १० अंक जोड्दै दोश्रो स्थानमा रहेको जनकपुर आज छैठौं जितको खोजिमा रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी पहिलो संस्करणको नेपाल टी २० लिगमा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ भने प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । लिगको विजेताले ५५ लाख प्राप्त गर्दा उपविजेताले ३० लाख तथा तेश्रो हुनले १० लाख र चौंथोले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार हात पार्नेछन् । साथै इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :