विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जित्ने खेलाडीलाई सदस्यसचिवको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १३ औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई मंगलबार बधाइ दिएका छन् ।

सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिदै अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपाली खेलाडीले राष्ट्रलाई निरन्तर पदक दिलाएकोमा खेलाडीको प्रशंसा गरे ।

थाइल्यान्डको फुकेटमा मंसिर १९ देखि २६ गतेसम्म भएको प्रतियोगिताको महिला मोडेल फिजिक्स १ सय ६० सेन्टीमिटरमा स्वेता कपालीले रजत जितेकी थिइन् ।

स्वेताको स्पर्धामा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ८ राष्ट्रका ९ खेलाडी सहभागी पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्यले कांस्य जितेका थिए ।

दुवै नवौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :