पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी भुजेलको हृदयघातका कारण निधन

काठमाडौं । पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी प्रेम भुजेलको निधन भएको छ । भुजेलको पुष १९ गते मंगलबार साँझ ७ बजे हृदयघातका कारण निधन भएको हो ।

भुजेललाई हृदयघात भएपछि तुरुन्तै थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइए पनि उनको बाटोमा नै निधन भएको अस्पताल श्रोतले जनाएको छ । अहिले भुजेलको पार्थिव शरिरलाई नर्भिक अस्पतालमैै राखिएको छ ।

तेक्वान्दो खेलका राष्ट्रिय खेलाडी भुजेलले लामो समय नेपाली सेनाको टीमबाट खेल्नुको साथै आर्मीका खेलाडीहरुलाई प्रशिक्षण समेत दिएका थिए ।

भुजेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा तेक्वान्दो खेलमा स्वर्ण पदक जित्न सफल भएका थिए ।

भुजेल हालै राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको नेपाल तेक्वान्दो महासंघको उपाध्यक्ष समेत रहेका थिए । यो भन्दाअघि उनी राष्ट्रिय तेक्वान्दो संघ, नेपालमा आवद्ध थिए।

६० बर्षिय स्वर्गीय भुजेलका श्रीमति, तीन छोरी र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :