सोतोकान कराते टोलीको बिदाइ

भारतको कोलकातामा हुने ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कपमा सहभागी हुने टोलीलाई बुधबार बिदाइ  गरियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे ।

जनवरी ७ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

नेपाल सोतोकान कराते संघका महासचिव श्याम शेर्पाको नेतृत्वमा खेलाडीसहित ६२ सदस्यीय टोली बिहीबार कोलकाता प्रस्थान गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :