क्योकुसिन टोली भारत जाने

काठमाण्डौं । प्रथम अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाल इन्टरनेसनल क्योकुसिन कराते संघको टोली बिहीबार भारतको गुहाटी प्रस्थान गर्दैछ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

संघका महासचिव एवं ब्रान्च चिफ प्रेमनाथ श्रेष्ठको नेतृत्वमा १५ खेलाडीसहित २१ सदस्यीय टोली भारत जान लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :