काठमाडौं । उच्च अदालत पाटनले नेपाल उसु महासंघलाई दिएको अल्पकालिन अन्तरिम आदेश खारेज गरेको छ ।
माननिय न्यायाधिस ऋषीराम दवाडी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले आज पुष २४ गते आईतबार उक्त अल्पकालिन आदेश खारेज गरेको हो ।
यसअघि गत पुष १४ गते उच्च अदालत पाटनको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
संयुक्त इजलासको आदेशमा रिट निवेदक नेपाल उसु महासंघ हाल नविकरण भएको नदेखिएको, निवेदक उसु महासंघको कार्य समितिको पदावधि समाप्त भइसकेकोमा विवाद नरहेको उल्लेख गरिएको छ ।
त्यस्तै संघको विधानको धारा २५ मा कार्यसमितिले निर्वाचन समिति गठन गर्ने व्यवस्था भएकोमा सो अनुरुप निर्वाचन समिति गठन नगरेको, कार्तिक २४ गतेको निर्णयबाट महासंघको निर्वाचन गराउन समयावधि तोकि तदर्थसमिति समेत गठन भएको देखिन आएकोले निवेदनमा उल्लेखित समग्र विषयमापछि अन्तिम निर्णय हुँदा सम्बोधन हुँने र हाललाई अन्तरिम आदेश जारी गर्नुपर्ने देखिन नआएको उल्लेख गर्दै अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने जनाइएको छ ।
यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल उसु महासंघलाई विघटन गरि तदर्थ समिति गठन गरेपछि उसु महासंघका उपाध्यक्ष दधिराम सिटौलाले उच्च अदालत पाटनमा अन्तरिम आदेशको लागि रिट निवेदन दायर गरेका थिए ।
