तेश्रो यलम्बर कप ब्याडमिन्टन सुरु

काठमाण्डौं । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा आइतबारदेखि ललिपुरमा तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ ।

आज पहिलो दिनको खेलमा जुनियर तर्फ ब्वाईज यु–१९ को खेलमा एपिएफका क्षितीज खनाल र सेनाका सुनिल जंग कार्कीले जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् । क्षितीजले सेनाका सुविन श्रेष्ठलाई २१–१३, २१–१४ ले तथा सुनिलले योङ्गसटर ब्याडमिन्टन क्लबका सम्यक शाक्यलाई २१–११, २१–९ ले पराजित गरे ।

यस्तै अन्तिम १६ मा प्रवेश गर्ने क्रममा सेनाका सन्तोष पनेरुले देवी नगर ब्याडमिन्टन क्लबका सक्षम ढकालबाट वाकओभर, दाङ्गका अरुण अधिकारीले वाईसीवीसीका रिजन मगरलाई २१–१०, २१–१० को सोझो सेटमा, सेनाका डेभिड थापा मगरले एपिएफका अनिष गुरुङ्गलाई २१–८, २१–८ ले, अमन तामाङले मानभवनका संगम मोक्तानलाई २१–९, २१–११ ले, सुमिनिमाका अविनाष कार्कीले एपिएफका अमन महर्जनलाई २१–१९, २१–१७ ले, सेनाका अनिल मल्लले वाईसीबीसीका सप्तेन हाङ्ग राईलाई २१–६, २१–६ ले, सेनाका कविर के।सी।ले गुल्मीका जेनिस थकालीबाट वाक ओभर, कञ्चनपुरका निखिल भट्टले देवनगरका अदिश कार्कीलाई २१–१०, २१–११ ले पराजित गरे ।

यसैगरि राजेश क्षेत्रीले योङ्गस्टरका सुगत शाक्यलाई २१–१४, २१–११ ले, सेनाका हिमाल चन्दले एपिएफका आरुश सिमखडालाई २१–७, २१–१० ले, महेष खड्काले सूर्यदर्शनका अमन डङ्गोलबाट वाकओभर, एपिएफका रोशन साउदले सेनाका अभय महरलाई २१–११, २१–१५ ले, वाईसीबीसीका किरण न्यौपानेले ईन्टरनेशनल ब्याडमिन्टन देव सेन्टरका अक्षत ढुङ्गेललाई २१–२, २१–७ ले तथा सेनाका नरेन्द्र बमले एपिएफका प्रारम्भ सिमखडालाई २१–११, २१–१३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भए ।

च्याम्पियनसिपमा पुरुष युगल ९शिर्ष २० बरियता बाहेक०, ५५ बर्ष माथिको भेट्रान युगल, ४५ बर्ष माथी युगल, ३५ बर्ष माथि युगल, शिर्ष २० बरियता बाहेकका महिला एकल, १९ बर्ष मुनि शिर्ष २० बरियता बाहेकको ईभेन्टस् रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :