‘ए’ डिभिजन लिगको टाई शिट ‘ड्र’ शुक्रबार

काठमाडौं । नयाँ सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फु्टबलको को टाई शिट ड्र शुक्रबार हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार ‘ए’ डिभिजन लिग फु्टबलको को टाई शिट ड्र शुक्रबार हुने जानकारी गराएको हो ।

एन्फाले यसअपि टाई शिट ड्र को मिति गता सोमबार लागि तोकेको थियो । तर सरकारले सोही दिन आईतबार पोखरमा भएको यति एयरलाइन्सको दुर्घटनामा शोक दिनको घोषणा गरेपछि सो कार्यक्रम स्थगित भएको थियो ।

अब एन्फा कम्प्लेक्समा टाई शिट ड्र शुक्रबार दिउँसो ३ बजे हुने एन्फाले जनाएको छ ।

डबल राउण्ड रोबिनको आधारमा हुन नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :