तेक्वान्दो सहायक प्रशिक्षक धनबहादुरप्रति श्रद्धाञ्जली

काठमाडौं। दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो सहायक प्रशिक्षक धनबहादुर नेपालीको स्वर्गारोहण भएको १३ औं दिनको पुण्य तिथिमा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले बुधबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्यो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतले स्व। नेपालीको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यसअघि दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो । नेपालीको गत पुस २२ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :