टेनिस स्टार जोकोभिच अस्ट्रेलियन ओपनको तेस्राे चरणमा

नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिस २०२३ को तेस्रो चरणमा प्रवेश गरेका छन् ।

मेलबर्नमा बिहीबार भएको दोस्रो चरणको खेलमा सर्बियन टेनिस स्टार जोभिचले फ्रान्सका एन्जो कुवाकोडलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

तेसो चरणमा पुग्ने क्रममा जोकोभिचले एन्जोलाई ६-१,६-७ (५-७), ६-२ र ६-० ले हराए ।

अष्ट्रेलियन ओपनमा यसअघि ९ पटक च्याम्पियन बनिसकेका ३५ वर्षीय जोकोभिचले प्रतिबन्धका कारण गत वर्षको खेल गुमाएका थिए ।

कोभिड-१९ को खोपको विरुद्धमा रहेका जोकोभिचले खोप लगाउन अस्वीकार गरेपछि उनलाई खेलमा प्रतिबन्ध लगाइएको थियो ।

तर यस वर्ष अष्ट्रेलियन सरकारले खोप विना प्रवेश निषेधको नियम फुकुवा गरेसङ्गै जोकोभिचले अष्ट्रेलियन ओपनमा पुनः प्रतिस्पर्धा गर्ने अनुमती पाएका हुन्।जोकोभिचसङ्ग पराजित एन्जो भने दोस्रो चरणबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :