नेपालका दुलाल र मानन्धरको जोडी विश्व च्याम्पियनसिपको फाईनलमा

काठमाण्डौं । नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडी २० औं विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिप २०२३ को फाईनलमा पुगेका छन् ।

मस्कटमा जारी विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिपको पुरुष डबल्स् ४५ बर्ष माथी समूहमा भारतीय जोडीलाई हराउँदै राजेन्द्र दुलाल र रक्त मानन्धरले उपाधि भिडन्तमा स्थान बनाएका हुन् ।

दुलाल र मानन्धरको जोडीले सेमिफाईनलमा भारतीय जोडीलाई ३–२ को सेटमा हराए ।

दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी पियुष दुवा र महेशचन्द्रको जोडीलाई ११–६, ६–११, ९–११, ११–९, ११–१ को सेटमा पराजित गरेको प्रशिक्षक अनिता महर्जनले जाकारी दिएकी हुन् ।

फाईनल खेल भोली (शनिबार) बिहान ११ बजेबाट शुरु हुने प्रशिक्षक महर्जनले जानकारी गराईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :