नेपालकी पुष्पालाई बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक

काठमाण्डौं । नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छिन् ।

ढाकामा शुक्रबार भएको म्याराथन अन्तर्गत साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जितेकी हुन् ।

पुष्पाले ४२.१९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गरिन् । श्रीलंकाकी सुजनी परेरा दोस्रो भइन् । परेरा पुष्पा भन्दा २० सेकेन्डले पछि रहिन् ।

नेपालकी वृन्दा श्रेष्ठ धानुके तेस्रो भईन्। वृन्दाले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरिन् ।

पुष्पाले यस प्रतियोगितामा दोस्रो पटक स्वर्ण पटक जितेकी हुन् । पुष्पाले यस अघि २०२१ मा स्वर्ण पदक जितेकी थिइन् ।

यस्तै २०२२ मा भने पुप्षाले कास्य पदक जितेकी थिइन् ।

पुरुषतर्फको हाफ म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले कास्य पदक जितेका छन् ।

प्रतियोगितामा नेपालका १० खेलाडी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :