च्याम्पियन सुदूरपश्चिमकी कवितालाई स्कुटरसँगै दुई विधाको पुरस्कार

सुनसरी । च्याम्पियन सुदुरश्चिम प्रदेशी ब्याटर कविता कुँवर प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् ।

इटहरीमा इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा शनिबार सम्पन्न प्रतियोगितामा कविता सर्वोत्कृष्ट खेलाडी चुनिएकी हुन् ।

पहिलो पटक सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री कपको च्याम्पियन बनाउन कविताले महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

उनले प्रतियोगिताको पाँच खेलमा २ अर्धशतकसहित १३४ रन बनाउँदै शीर्ष स्थानमा रहँदा बलिङ्गमा २ विकेट लिएकी थिइन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि बेनकी कविता कविता सुनसरी प्लेयर अफ द च्वाइस समेत बनिन् ।

यससँगै कविताले सर्वोत्कृष्ट खेलाडी बने वापत ३० हजार, सुनसरी प्लेयर अफ द च्वाइस बने वापत स्कुटर तथा उत्कृष्ट ब्याटर वापत २० हजार प्राप्त गरेकी छिन् ।

नेपाल खेलकुद महासंघ र जिल्ला क्रिकेट संघ सुनसरीले सुनसरी प्लेयर अफ द च्वाइसलाई स्कुटर प्रदान गरेको हो ।

यसैगरी सुदूरपश्चिमकै मनिषा चौधरी उत्कृष्ट बलर बनिन् । मनिषले उत्कृष्ट प्रदर्शन गर्दै ५ खेलमा ११ विकेट लिएकी थिइन् ।

उनले पनि २० हजार प्राप्त गरिन् । आज भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिम पहिलो पटक प्रधानमन्त्री कपको च्याम्पियन बनेको थियो।

च्याम्पियन सुदूरपश्चिमले ५ लाख तथा उपविजेता प्रदेश १ ले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा सात प्रदेश तथा एक विभागिय टोलीसहित ८ टोलीको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :