श्रीलंका फुटबल संघलाई फिफाले लगायो प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले श्रीलंका फुटबल संघ (एफएफएसएल) लाई प्रतिबन्ध लगाएको छ।

केहि समयअघि मात्र सम्पन्न एफएफएसएलको निर्वाचनमा तेश्रो पक्षको हस्तक्षेप देखिएको भन्दै फिफाले श्रीलंका फुटबल संघलाई आइतबार लगाएको घोषणा गरेको हो।

‘२१ जनवरी २०२३ मा फिफा काउन्सिल ब्युरोले लिएको निर्णयअनुसार श्रीलंका फुटबललाई फिफा विधानको धारा १६ अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको छ,’ फिफाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

फिफाको प्रतिबन्धमा परेसँगै एफएफएसएलका प्रतिनिधि र क्लबले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने भएका छन ।

त्यस्तै एफएफएसएल फिफाको सदस्य राष्ट्रका रूपमा पाउने फिफा वा एशियाली फुटबल महासंघ (एएफसी) विकास कार्यक्रम, विभिन्न कोर्ष र प्रशिक्षणबाट समेत बञ्चित रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :