इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फुलहममाथि साँघुरो जित निकालेको छ ।
क्राभेन कटेजमा मंगलबार बिहान भएको खेलमा टोटेनहमले फुलहममाथि १–० गोल अन्तरले जित निकालेको हो ।
टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।
केनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । टोटेनहमका लागि केनको यो २६६औं गोल हो भने उनले टोटनहमका जिम्मी ग्रेभ्सको सर्वाधिक गोलको किर्तिमान समेत बराबरी गरेका छन् ।
जितसँगै २१ खेलमा ३६ अंक जोडेको टोटेनहम पाँचौं स्थानमा छ भने सातौं स्थानमा रहेको फुलहमको ३१ अंक छ ।