इन्टर मिलान पराजित

इटालियन सिरी ‘ए’ मा इन्टर मिलान पराजित भएको छ ।

गुसेप मिआजा स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलि इन्टर इम्पोलीसँग १–० गोल अन्तरले पराजित भएको हो । इन्टर खेलको दौरान दश खेलाडीमा सिमित भएको थियो ।

इम्पोलीको जितमा टोमासो बल्दान्जीले निर्णायक गोल गरे ।

खेलको ४०औं मिनटमा मिलान स्रीनीआरले दोहोरो पहेला कार्डको सिकार बन्दा इन्टर पहिलो हाफ नै दश खेलाडीमा खुम्चिएका थियो ।

यसपछि खेलको ६६औं मिनटमा बल्दान्जीले गोल गर्दै इम्पोलीलाई जित दिलाए ।

जितसँगै१९ खेलमा २५ अंक जोडेको इम्पोली एक स्थान माथि उक्लदै नवौं स्थानमा पुगेको छ भने तेस्रो स्थानमा रहेको इन्टरको १९ खेलमा ३७ अंक भएको छ । इन्टरको दोस्रो स्थानमा उक्लने मौका गुमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :