भारतलाई आज एकदिवसीयको शिर्ष वरियतामा उक्लने मौका

भारत र न्युजिल्याण्डबिचको तेस्रो एकदिवसीय खेल आज हुँदैछ । तिन खेलको श्रृंखला अन्तर्गत भारत र न्युजिल्याण्डबिच हुने तेस्रो एकदिवसीय आज इन्दोरको होल्कर स्टेडियममा दिउँसो २ बजेबाट शुरु हुनेछ ।

आजको खेलमा न्युजिल्याण्डलाई हराएमा रोहित शर्माको कप्तानीमा भारत एकदिवसीयको आईसीसी वरियताको शिर्ष स्थानमा उक्लनेछ ।

अहिले भारत टी २० वरियताको शिर्या स्थानमा छ भने एकदिवसीयमा पनि पहिलो स्थानमा उक्लने मौका छ ।

यसअघिका दुबै खेल जित्दै भारतले जारी श्रृंखला २–० ले जितिसकेको छ भने आज जित निकालेमा श्रृंखला क्लिनस्विप गर्नेछ । १३ वर्षअघि सन् २०१० मा गौतम गम्भीरको कप्तानीमा टोलीले न्युजिल्याण्डविरुद्धको एकदिवसीय श्रृंखला क्लिनस्विपमा जितेको थियो ।

दुई टोलीबीच हालसम्म ११५ एकदिवसीय खेल खेलिएको छ । जसमध्ये भारतले ५७ र न्युजिल्यान्डले ५० खेल जितेको छ । एक खेल टाई र ७ खेल अनिर्णित बनेको थियो ।

भारतले घरेलु मैदानमा न्युजिल्याण्डविरुद्ध ३७ खेल खेलेको छ जसमा २८ खेल जितेको छ । जबकि ८ खेल गुमाएको छ भने एक खेलको नतिजा आएको थिएन । भारतले न्युजिल्यान्डसँग न्युजिल्यान्डमा ४५ एकदिवसीय खेल खेलेको छ । जसमध्ये १४ जित र २६ मा हारको सामना गरेको छ। यस्तै एक खेल बराबरी र चार खेलमा नतिजा आउन सकेन ।

तटस्थ स्थानमा खेलेका ३३ खेलमध्ये भारतीय टोलीले १५ खेल जितेको छ । उसले १६ मा हार बेहोरेको छ भने २ खेलमा नतिजा आउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :