टाईगर कप भलिबलमा घरेलु टोली गण्डकीको लगातार दोश्रो हार

पोखरा । घरेलु टोली गण्डकी प्रदेशले तेश्रो टाईगर कप अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार दोश्रो हार व्यहोरेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार सम्पन्न दिनको दोश्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग ३-० को सोझो सेटमा परािजत हुँदै गण्डकी लगातार दोश्रो हार व्यहोर्न बाध्य भएको हो ।

आर्मीसँग गण्डकी क्रमशः २५-१०, २५-१६ र २५-१६ को सेटमा पराजित भएको हो । यसअघि पहिलो खेलमा गण्डकी अर्को विभागिय टोली एपीएफसँग ३-० को सेटमा पराजित भएको थियो ।

यता आर्मीको भने यो लगातार दोश्रो जित हो । दुई खेलबाट ६ अंक जोडेको आर्मी तालिकाको दोश्रो स्थानमा रहेको छ । यता अंकस विहिन गण्डकी तेश्रो स्थानमा रहेको छ ।

यसअघि आज भएको पहिलो खेलमा महिलातर्फ नेपाल एपीएफ क्लबले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सेटमा परािजत गरेको थियो ।

प्रतियोगितामा आज नै पुरुषतर्फ दुई खेल हुँदैछन् । दिउँसो १ बजे शुरु हुने तेश्रो खेलमा नेपाल पुलिस क्लब र एसटी जोशेफ वाज स्पोर्टस् क्लब (श्रीलंका)बिच प्रतिस्पर्धा हुनेछ ।

आजको चौंथो तथा अन्तिम खेलमा गण्डकी प्रदेश र एपीएफबिच प्रतिस्पर्धा हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १४ गतेसम्म संचालन हुने तेश्रो टाईगर कपमा महिला तथा पुरुषतर्फ समान पाँच कुल १० टोलीको सहभागिता रहेको छ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् र केरला स्टेट इलेक्ट्रोनिक बोर्ड ९भारत० रहेका छन्।

यसैगरी पुरुषतर्फ त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एसटी जोशेफ वाज स्पोर्टस् क्लब ९श्रीलंका० सहभागि छन्।

राउण्ड रोविनका आधारमा जारी प्रतियोगितामा यस पटक पुरस्कार राशीमा दोब्बर बृद्धि गरिएको छ ।

यस पटक महिला तथा पुरुष दुवैतर्फको उपाधि विजेतो समान पाँच लाख प्राप्त गर्दा उपविजेताले दुई लाख ५० हजार, तेश्रो हुने टोलीले नगद एक लाख २५ हजार र चौंथो हुने टोलीले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै महिला तथा पुरुषतर्फको उत्कष्ट एक-एक जना खेलाडीले जनही २५ हजार प्राप्त गर्दा प्रत्येक विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १० हजार रुपौयाँ तथा ट्रफी प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :