पत्नी र छोरीको लागि क्रिकेटर शमीले १ लाख ३० हजार मासिक खर्च दिनुपर्ने अदालतको निर्णय

कोलकोताको एक अदातलले भारतीय क्रिकेट टीमका फास्ट बलर मोहम्मद शमीलाई उनकि पत्नी हसीन जहा र छोरीको हेरचाहको लागि मासिक १ लाख ३० हजार भारतीय रुपैयाँ भत्ता दिनुपर्ने आदेश दिएको छ ।

उक्त १ लाख ३० हजारमध्य ५० हजार पत्नी हसिनाको व्यक्तिगत खर्च र बाँकी ८० हजार छोरीको सम्पूर्ण खर्चको लागि हुनेछ । शमीकि छोरी यतिबेला आमा हसिनासंगै बस्दै आएकि छिन् ।

आपसी विवादपछि शमी र हसीनको जोडी विगत पाँच वर्षदेखि अलग्गै बस्दै आएका छन् ।

सन् २०१८ मा हसीन जहाले १० लाख गुजारा भत्ताको माग गर्दै अदालतमा निवदेन दर्ता गरेकि थिइन ।

उक्त निवेदनमा हसिनाले मासिक ७ लाख आफ्नो व्यक्तिगत गुजारा र ३ लाख छोरीको खर्चको लागि माग गरेकि थिइन ।

त्यसवेला शमीको बार्षिक आय ७ करोड रुपैया थियो । यहि कुरालाई आधार मानेर हसीनाले आफ्नो छोरीको लागि मासिक १० लाख खर्चको माग गर्दै अदालतामा निवेदन दर्ता गरेकि थिइन ।

सन् २०१२ को आइपीएलमा कोलकोता नाइट राइडरको लागि चीयर लीडरको काम गरेकि हसीना र शमीको सोहि खेलका दौरान भेट भएको थियो ।

त्यसपछि यी दुवैले सन २०१४ मा विवाह गरेका थिए । त्यसको केहि समयपश्चात छोरीको जन्म भएको थियो ।

छोरी जन्मिएको २ वर्षपछि उनीहरुको सम्वन्ध सुमधुर हुन नसक्दा यी दुवै दम्पती अलग्गै बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :